Play

तमु साँस्कृतिक प्रतिष्ठानको २१ औं वार्षिक साधारणसभा

गुरुकुल खबर


पोखरा, उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ क्रियाशिल तमु सास्कृतिक प्रतिष्ठान नेपालको  पोखरामा २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित साधारणसभाको प्रमुख अतिथि प्रतिष्ठानका सल्लाहकार, तेजबहादुर चाक्ली तमुले उद्घाटन गर्दै तमु साँस्कृतिक प्रतिष्ठान नेपालले तमु विद्यार्थीहरुका लागि शैक्षिक क्षेत्रमा राज्यले समेत पुर्याउन नसकेको योगदान गरिरहेको दाबी गरे ।

नेपालका ग्रामिण भेकका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुका लागि प्रतिष्ठान अभिभावक संस्था बनेको उनको भनाई थियो। वार्षिक १७२ जना देशैभरका तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान, सामाजिक, साँस्कृतिक एवम उच्च शिक्षा हासिल गरेका तमुहरुलाई सम्मान गर्दै आएको तमु साँस्कृतिक प्रतिष्ठानबाट अन्य संघ संस्था एवम राज्यले पनि धेरै सिक्नुपर्ने तमुले बताए ।

कार्यक्रममा तमु साँस्कृतिक प्रतिष्ठानबाट छात्रवृत्ति प्रदान गर्नका लागि शिक्षिका मनकुमारी गुरुङले १ लाख ३३ हजार रुपैया र तमु समाज बेल्जियमकी टिकामाया गुरुङ तथा निवर्तमान अध्यक्ष ओमराज गुरुङले १ लाख ३३ हजार रुपैया अक्षयकोषका लागि तमु साँस्कृतिक प्रतिष्ठानलाई हस्तान्तरण गरे । यसैविच तमु धिं नेपाल केन्द्रिय आमा समितिका नवनिर्वाचित अध्यक्ष पवित्रादेवी तमुलाई प्रतिष्ठानले बधाई ज्ञापन गरेको थियो ।

वार्षिक साधारणसभामा सचिव कञ्चन गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष श्यामबहादुर गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।

प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङ, तमु धिं नेपाल केन्द्रिय आमा समितिकी अध्यक्ष पवित्रादेवी गुरुङ, तमु सास्कृतिक प्रतिष्ठान नेपाल विद्यार्थी समितिका अध्यक्ष सुदिप गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने स्वागत प्रथम उपाध्यक्ष श्रीजंग गुरुङ र सञ्चालन सहसचिव भेषराज गुरुङले गरेका थिए ।

 

१७ भाद्र २०८०, आईतवार ११:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा