Play

राजाले नरभक्षी बाघ मारेको कथामा आधारित बाघजात्रा २३ बर्षपछि पोखरामा देखाइँदै

गुरुकुल खबर


पोखरा, पोखरामा २३ बर्षपछि यही भदौ १८ गतेदेखि २० ग ते सम्म बाघजात्रा देखाइने भएको छ । आयोजक समितिले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

पहिलो दिने भदौ १८ गते नेवा छें हुँदै मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा ३ कार्यालय, बालधाराचोक, नालामुखचोक हुँदै नेवाः छेमा समापन हुनेछ । अन्य दिन विभिन्न ठाउँमा यो जात्रा हुने छ ।

बस्तीमा दुःख दिने जंगली जनावर र बाघलाई राजाले मारेर जनतालाई सुख दिएको कथामा आधारित भएर बाघ जात्रा मनाइन्छ । जात्रा देखाउने क्रममा बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्डहरु, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरु) र जनतालगायत का पात्रहरुको भूमिका प्रदर्शन गरिन्छ ।

पहिला यस्तो जात्रा देखाउँदै बजार परिक्रमा गरिन्थ्यो । जात्रा हेर्न गाउँगाउँबाट मानिसहरु पोखरा झर्थे । जसले गर्दा दोहोरो व्यापार पनि हुन्थ्यो । जात्रा हेर्न गाउँबाट आउनेले राडीपाखी, डोको, नाम्लो, भकारी जस्ता सामान लिएर आउथे र त्यही बेची लत्ताकपडा, नुन, तेल लिएर गाउँ जान्थे ।

२०५७ सालमा मोहरियाटोलमा यो जात्रा देखाइएको थियो । यसपटक जात्रा देखाउन जवाहरलाल श्रेष्ठको संयोजकत्वमा बाघजात्रा आयोजक समिति बनाइएको छ । समितिका सचिव सुनिल उलकका अनुसार जात्राको इतिहास २÷३ सय वर्ष पुरानो छ । तर, बुढापाकालाई सोध्दा २००६ सालदेखिको रेकर्ड भेट्न सकिन्छ । त्यसपछि २०१४, २०२२/२३, २०३७/३८, २०४६/४७ मा देखाइएको भेटिन्छ । अब यसलाई प्रत्येक ६ वर्षमा देखाइने योजना छ । यस्तै प्रकृतिको एकदिने जात्रा बन्दीपुर, स्याङ्जा, नारागणगढ, पाल्पालगायत पश्चिम नेपालमा हुने गर्छ । २÷३ सय वर्ष पुरानो बाघजात्रा यही भदौ १८ देखि २० सम्म देखाइने छ ।

विशेषगरी नेवार समुदायमा भैरवजात्रा, गाईजात्रा, गणेशजात्रा, माघेजात्रा प्रचलित रहे पनि बाघजात्रा ओझेलमा परेकाले संरक्षणका लागि फेरि प्रदर्शन सुरु गरिएको समिति अध्यक्ष जवाहरलाल श्रेष्ठले स्पष्ट पारे ।

१५ भाद्र २०८०, शुक्रबार १३:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा