Play

डिएलए केन्द्रीय अध्यक्ष सितारामलाई पोखरामा सम्मान

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिले लोकतान्त्रिक अधिवक्ता संघ (डिएलए)का केन्द्रीय अध्यक्ष सिताराम केसीलाई बधाई तथा सम्मान गरेको छ । धादिङ गंगाजमुना गाउँपालिकामा जन्मेका केसीलाई नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिले सम्मान गरेको हो । समितिका सभापति कमलबहादुर पाण्डेको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख वक्ता केसीले नेपाली कांग्रेस भित्रको समस्या समाधान गर्न आगामी २०८४ को निर्वाचन पूर्व पार्टीको महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व निर्वाचनमा जाँदा मात्र कांग्रेसको अवस्था सन्तुलित हुने बताए । न्युनतम १ वर्ष अघि दुरदराजले चाहेको कांग्रेस बनाएरमात्र निर्वाचनमा जाने योजना बनाउन पार्टीका अगुवा नेतृत्वलाई सुझाव समेत दिए ।

अध्यक्ष केसीले विदेशमा पैसा कमाएर बसेकाले टिकट पाउने, गाउँमा विसौं वर्ष राजनीति गरेर रित्तोहात भएकाले गर्ने प्रतिष्पर्धा कठिन हुने बताए । उनले आफ्नै छोराछोरीको मनोभाव बुझेर कांग्रेसले नीति तय गर्नु पर्ने, संघ देखि वडासम्म हरेक तहमा कम्तिमा क्षेत्रीय प्रतिनिधिले उम्मेदवार चुन्ने नीति वसालेमात्र कांग्रेसको अवस्था सुधार हुने धारणा व्यक्त गरेका थिए । गरेको कामलाई भन्न नसक्ने कांग्रेसले राणा फालेपनी, पञ्चायत ढालेपनि, गणतन्त्रलाई संस्थागत वा प्रजातन्त्रको जगेर्ना गरेपनि केही नहुने मनस्थिति बनेकाले यस्ता सम्पर्क समितिहरुले पार्टीका नेतृव्वलाई दवाव सिर्जना गर्न सक्नु पर्ने अध्यक्ष केसीको भनाई थियो ।

सम्पर्क समितिका सचिव श्यामबहादुर इटनीको सञ्चालनमा रहेको कार्यक्रममा समितिका संस्थापक सभापति केदार धमलाले पोखरामा कांग्रेसीहरु संगठित हुँदाको अवस्थाको बारेमा जानकारी दिएका थिए । संस्थापक सभापति धमलाले बलियो, विश्वासिलो र भरपर्दो कांग्रेस नवनेसम्म कसैको पनि हित नहुने बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेस पोखरा ६ का सभापति सन्तोष पौडेल, काठमाडौं जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेल(विमल)। उच्च अदालत पोखराका विष्णुप्रसाद मरासिनी, डिएलएका सचिव शिवराज वाग्ले, अधिवक्ता वावुराम अर्याल, समितिका वरिष्ठ सल्लाहकार कृष्णकुमार श्रेष्ठ, सल्लाहकार यादुप्रसाद ढकाल, मोहन पण्डित, समितिका वरिष्ठ उपसभापति माधव लम्साल, पूर्व सहकोषाध्यक्ष राजेन्द्र इटनी, समितिका सदस्य कृष्णकुमार श्रेष्ठ, रामकृष्ण पाठक, सुशील ढकाल लगायतले विभिन्न धारणा व्यक्त गरेका थिए । नेका धादिङ पोखरा सम्पर्क सतितिले कार्यकर्ताबीच प्रशिक्षण, महिला जागरण, विभिन्न पेशाकर्मीबीच एकता गर्ने, खुल्ला रक्तदान लगायत कार्यक्रम गर्दै आएको सचिव श्याम इटनीले जानकारी दिए ।

३ भाद्र २०८०, आईतवार १२:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा