Play

विन्ध्यवासिनी माध्यमिक विद्यालयमा विद्यार्थीलाई सम्मान

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयले कक्षा १२ उतिर्ण विद्यार्थीलाई बधाई सहित सम्मान गरेको छ।

विद्यालयमा शनिबार आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय परिक्षा बाेर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा सफल भएका १ सय ६ जना विद्यार्थीलाई सम्मान गरेको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरूदत्त भट्टराई, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, विद्यालयका सल्लाहकार वेनी बहादुर बस्नेत, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष इन्द्र बहादुर बानिया, पुर्व अध्यक्ष नरनाथ भट्टराई, गोविन्द वहादुर वस्नेत, शिक्षक अभिभावक संघका अध्यक्ष भिमप्रसाद पौडेल, अङ्ग्रेजी विभागका प्रमुख खिमलाल अधिकारी सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ, विद्यालय व्यवस्थापन समितिका सदस्य विमला भट्टराई लगायतकाले बधाई ज्ञापन गर्दै सम्मान गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरूदत्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले सबै पक्षको सहकार्य र मेहनतका कारण विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएकाे बताए। उनले विद्यालयकाे शैक्षिक तथा भौतिक अवस्थाको बारेमा समेत जानकारी गराए। कार्यक्रममा विद्यालयका सल्लाहकार वेनी बहादुर बस्नेत, पुर्व अध्यक्ष ईन्द्र बहादुर बानिया, दश जोड दुईका संयोजक माधवराज अधिकारी, विज्ञान तथा प्रविधि विभागका डिन सुमन बस्नेत, विद्यार्थी एलिस अधिकारी लगायतले विद्यालयकाे शैक्षिक विकासमा कक्षा १२ को नतिजाले थप ईट्टा थपेको बताएका छन्।

सोही अवसरमा बिएस्सी नर्सिङ तर्फ छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी मनिका परियारलाई नगद २५ हजार सहित सम्मान गरिएको छ।सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट पहिलो वन्न सफल उक्त विद्यालय कक्षा १२ को नतिजामा पनि गण्डकी प्रदेश मै सर्वाेत्कृष्ट बन्न सफल भएकाे छ । सो विद्यालयमा  हाल व्यवस्थापन र विज्ञान संकायका कक्षा सञ्चालन भएका छन्।

२ भाद्र २०८०, शनिबार १४:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा