Play

एन प्याव्सनको भाषा ज्ञान प्रतियोगितामा अञ्जुली प्रथम

गुरुकुल खबर


पोखरा, नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तर विद्यालय स्तरीय भाषा ज्ञान प्रतियोगितामा अञ्जुली आवसीय विद्यालय प्रथम भएको छ ।

प्रतियोगितामा शान्ती वाटिका वोर्डिङ स्कूल द्धितीय, डायमण्ड मोडेल स्कूल तृतीय र हेम्जा वोर्डिङ स्कूल सान्त्वना भएका छन् ।

प्रतियोगितामा विजयी विद्यालयमा नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, द्धितीय उपाध्यक्ष केशवशरण पौडेल, सहसचिव प्रेमराज अधिकारीले ट्रफी मेडल प्रदान गरेका थिए ।

कार्यक्रममा फाइनल चरणमा प्रवेश गरेका दुई विद्यालय वाल प्रतिभा वोर्डिङ स्कूल र अक्सफोर्ड स्कूललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा ३६ विद्यालयको सहभागिता रहेको कार्यक्रम संयोजक राजु कायस्थले जानकारी दिए ।

‘विद्यालयका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले एन प्याव्सनले विविध कार्यक्रम गर्दै आएको छ’ एन प्याव्स्न कास्कीका अध्यक्ष अधिकारीले भने, ‘यस्ता खालका प्रतियोगिताले विद्यार्थीलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएका छौं ।’

प्रतियोगिताको सहजिकरणक डा.भूमिराज वस्ताकोटी, लोकचन्द्र खनाल, शिवहरी सुवेदी र जिवन सागर भण्डारीले गरेका थिए ।

नेशल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मनकाजी गुरुङ र कार्यक्रम सहसंयोक आत्माबहादुर थापाले बोलेका थिए ।

२ भाद्र २०८०, शनिबार १४:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा