Play

एसइइ  नतिजा २०७९ मा बिन्ध्यबासिनी मावि र मदरल्याण्ड मावि कास्की जिल्ला प्रथम

गुरुकुल खबर


पोखरा, एसइइ परीक्षा २०७९ को नतिजा अनुसार सामुदायिक बिध्यालय तर्फ बिन्ध्यबासिनी माबी पोखरा १६ बाटुलेचौर कास्की जिल्ला प्रथम हुन सफल भएको छ । ५० जना भन्दा बडि परिक्षार्थी सहभागी भइ एस इ इमा प्राप्त औसत जि पि ए नतिजा मुल्यांकनको आधारमा उत्कृष्ट नतिजा ल्याउने बिध्यालयलाइ उत्कृष्ट घोषणा गरिएको छ ।कास्की जिल्लामा रहेका सम्पुर्ण सामुदायिक  बिध्यालयहरु मध्य बिन्ध्यबासिनी मा बिले ३.१७८ प्रतिशत जिपिए नतिजा प्राप्त गरेको आधारमा कास्की जिल्ला प्रथम घोषणा  गरिएको छ ।उक्त बिध्यालयबाट २०७९ को एइइ ७९ जना बिध्यार्थी सामेल भएको बिधालयका प्र अ कृष्ण प्रसाद आचार्यले बताए ।
शैक्षिक गुणस्तर मापन केन्द्र प्रक्षेपण गरेको सर्बेक्षण क्याप्सुल रिपोर्ट २०७९ मा बिन्ध्यबासिनी मा बि पोखरा १६ देशभरका सामुदायिक  बिध्यालय मध्य सर्बोत्कृस्ट नतिजा ल्याउन सफल भएको थियो  भने मानव स्रोत तथा शिक्षा  बिभागले गरेको २०८० को मुल्यांकन नतिजामा  बिन्ध्यबासिनी मा बि देशभरबाट दोस्रो हुन पुगेको छ । फरक मापन परिधिबाट भएको उक्त मुल्यांकनमा बुटवलको कालिका मानव ज्ञान  प्रथम भएको थियो ।
यस बर्षको एस इ इ नतिजामा  अमरसिंह मा बि ले २३२ जना बिध्यार्थी सामेल गराएकोमा ३.०७९ प्रतिशत जिपिए ल्याइ कास्की जिल्ला दोस्रो , १०७ जना बिध्यार्थी सहभागी  गराइ ३.०६५ प्रतिशत जिपिए ल्याइ सितलादेवी माबी तेस्रो र ७१ जना बिध्यार्थी सामेल गराइ भुर्जुङखोलाको माछापुछ्रे मा बि ले २.९५२ प्रतिशत जिपिए ल्याइ कास्किमा चौथो स्थान हासिल गरेको छ ।
यस्तै सस्थागत बिध्यालय तर्फ मदरल्याण्ड माबी मासबरले १५१ जना बिध्यार्थी सामेल गराएकोमा ३.४७७ प्रतिशत  जिपिए ल्याइ समग्रमा कास्की जिल्ला प्रथम भएकोछ । शिसुनिकेतन बोर्डिङ बिरौटा ३.४५९ प्रतिशत ,गण्डकी बोर्डिङ लामाचौर ३.४१९ र केफ स्कुल सिम्पानी ३.३६२ प्रतिशत  जिपिए ल्याइ क्रमश कास्की जिल्ला दोस्रो ,तेस्रो र चौथो भएको शिक्षा बिकाश तथा समन्वय  इकाइ कास्किले बताएको छ ।

२५ श्रावण २०८०, बिहीबार १३:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा