Play

जनआन्दोलनका घाइतेको सेवा सुविधा नघटाईएको सामाजिक विकास मन्त्री सिंखडाको भनाई

गुरुकुल खबर


पोखरा, जनआन्दोलन घाइतेको लागि सेवा सुविधा नघटाईएको सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले दावी गरेकी छन् । बाहिर अन्य हल्ला फैलिएको फैलिएको भन्दै जनआन्दोलन घाइतेलाई निशुल्क स्वास्थ बिमा तथा उपचार कार्यक्रम प्रदेश सरकारले निरन्तरता दिएको भन्दै उनले हल्लाको पछी नलाग्न सुझाव दिइन् ।

बाहिर जनआन्दोलन घाइतेले पाउने सेवा सुबिधा प्रदेश सरकार नदिएको हल्लाको भ्रममा नपर्न उनको अनुरोध थियो । राज्यद्वारा बेपत्ता मजदुर नेता चमनलाल बराल २१ औं खोज सभालाई सम्बोधन गर्दै जिल्ला अस्पताल र प्रदेश सरकारको अधिनमा रहेका सबै अस्पतालमा उक्त सेवा सुविधा लिन सक्ने जानकारी उनले दिइन् ।

‘हामी बाच्ने पनि उछुट्टीएर बाँचेको हौं । कसरी बाँचीको थाहा छैन, उनले भनिन्, पार्टी हिजो जसरी विभाजन भयो अब सबै केन्द्रित हुनुपर्छ बल्ल शहिदको सपना पुरा हुन्छ ।’ उनले सुनाइन् ।

प्रचण्डलाई मात्र नभएर जनयुद्धमा होमिएका सबै नेताले जिम्मेवार हुनुपर्ने धारणा राख्दै जनयुद्धको नेतृत्व र कार्याकर्ता सबै एकै ठाउँमा हुनुपर्ने धारण उनले राखिन् । एउटा मन्त्रीले मात्र मन्त्रालय नभइ जनताको मन्त्रालय रहेको भन्दै जनता मन्त्रालयमा योजना माग्न गए मात्र मिलेर काम गर्न सकिने उनले सुनाइन् मिलेर अघि बढ्न आफू तयार रहेको जानभनाई पनि उनले राखिन् ।

चमनलाल बराललाई २०५९ साल साउन २० गते तत्कालीन शाही सेनाले बेपत्ता बनाएको दाबी गर्दै उनले उनी अहिलेसम्म कहाँ छन् भन्ने नखुलेको उनले बताइन् । चमनलाल बरालको छोरी संगिता बरालले राज्यले नै आफ्ना बाबुलाई बेपत्ता बनाएको बताईन । राज्यले चमनलाललाइ लगेर के गर्यो कहाँ लग्यो अहिले कहाँ छन् त्यो परिवारले जानकारी पाउनुपर्ने उनले बताईन् ।

२१ श्रावण २०८०, आईतवार १४:५६ मा प्रकाशित
Nabintech