Play

विभिन्न किसिमका लागू औषधसहित १ जना पक्राउ

गुरुकुल खबर


पोखरा, पोखरा ८ बस्ने दिक्षित तुलाचनबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध बरामद गरी उनलाई पक्राउ गरेको जनाएको छ ।

यही साउन १४ गत लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखरा, वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा खटिएको प्रहरी टोलीले तुलाचनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीले तुलाचनको कोठामा खानतलासी गर्दा ८ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ, लागू औषध ब्रुफिनुर्फिन ६७ एम्पुल, डाईजापाम ७० एम्पुल, फेनेरागन ६७ एम्पुल गरी जम्मा २०४ एम्पुल र लागू औषध गाजा ४७० ग्राम, नाईट्रोभ्याट ३०५ ट्याब्लेट, डिजिटल तराजु २ थान र मोवाईल १ थान सहित फेला पारेको जनाइएको छ ।

कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जनाएका छन् ।

१६ श्रावण २०८०, मंगलवार १५:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा