Play

लामाचौर तीज महोत्सव–२०८० को तयारी तीव्र, भाद्र ३० देखि असोज १ गते सम्म आयोजना हुने

गुरुकुल खबर


पोखरा, महिलाहरूको माहान चाड हरितालिका तीजको अवसरमा हरेक वर्ष पोखराको लामाचौरमा हुँदै आएको ‘लामाचौर तीज महोत्सव–२०८०’ यही भाद्र ३० देखि असोज १ गते सम्म हुने भएको छ ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा हुने महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिवल, अन्तर महिला समुह तिज गित प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, नरबहादुर बानिया स्मृति प्रदेश स्तरीय सितेरियो कराँते साथै राष्ट्रिय कलाकारहरूद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुति मेलाको मुख्य आकर्षणको रुपमा रहेका छन् ।

२०५४ साल देखि नै “मौलिक सस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ कास्की जिल्ला भित्रकै ऐतिहासिक एवम् बृहत साथै गण्डकी प्रदेशकै प्रतिष्ठित महोत्सवको रुपमा पहिचान बनाउन सफल ‘लामाचौर तीज महोत्सव–२०८०’ को २५ औं संस्करणको तयारी तिब्र रुपमा भइरहेको छ।

राष्ट्रको खेलकुद विकास र विस्तारमा सहयोग गरी भाइचाराको सम्बन्धलाई स्वर्णिम बनाउने, नव प्रतिभावान् खेलाडीलाई प्रतिभा प्रस्फुटन गराउनु तथा नेपालमा उत्कृष्ट खेलाडीको खेल प्रदर्शन गराउनु, अन्तरनिहित प्रतिभा प्रस्फुटनको लागि प्रोत्साहित गर्ने, मौलिक कला र लोक संस्कृतिको जगेर्ना गर्दै लामाचौर क्षेत्रले समाजमा गरेको उल्लेखनीय कार्यको परिचय स्थापित गर्ने उद्धेश्य रहेका छन् ।

यसैगरी महिलाहरूको गायन एवम् प्रस्तुतिकलाको विकासमा सहयोग गर्ने साथै महिला सशक्तीकरणका लागि भूमिका निर्वाह गर्नु, विभिन्न उद्योग, ब्यापार, व्यवसायीद्धारा उत्पादित वस्तु प्रर्वदनमा प्रोत्साहित गर्ने, आम दर्शकहरू माँझ सांस्कृतिक, खेलकुद लगायत विभिन्न रमाईला कार्यक्रमहरूद्धारा ज्ञान, मनोरञ्जन प्रदान गर्ने, आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धनमा विकास गर्ने महोत्सवको उद्देश्य पनि रहेका छन् ।

समाजका अध्यक्ष स्वागत सिहं भण्डारीले महोत्सव आयोजना गर्नको लागी आवश्यक सम्पुर्ण उपसमिति गठन गरी तिब्र रुपमा तयारी चलिरहेको र सबै जना एकजुट भै यस ऐतिहासिक एवं प्रतिष्ठित महोत्सव सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।

महोत्सवको आयोजक नव आदर्श सामुदायिक विकास समाजले ४ वटा एम्बुलेन्स, जेष्ठ नागरिक सेवा केन्द्र, लामाचौर गोष्ते खेलमैदानमा फुटबल एकेडेमी लगायत सामाजिक र मानविय कार्य गर्दै आइरहेको छ।

१२ श्रावण २०८०, शुक्रबार १५:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा