Play

जनता राज्य मिलेर काम गरे समाजका धेरै समस्या हल हुन्छन् : मन्त्री सिंखडा

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशकी सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले राज्यमा भएका समस्या जनता र सरकार मिलेमा हल गर्न सकिने बताएकी छन् । मानव सेवा आश्रम पोखरा छोेरेपाटनलाइ औषधी वितरण गर्दै मन्त्री सिंखडाले उल्लेखित धारणा राखेकी हुन् ।

‘हिजो सडकमा देख्दा बिचरा भन्ने मात्र थियो,‘उनले भनिन्,‘व्यवस्थापन गर्ने टिमलाई धन्यवाद दिन्छु ।’ राज्यको जिम्मेवार पदमा बसेकाले निस्वार्थ भावले काम गरे धेरै काम गर्न सक्ने उनले बताइन । आफुले समाजमा भएका समस्यालाई सक्दो हल गर्ने प्रतिवद्वता पनि उनले सुनाइन् । ‘मैले गर्नुपर्ने भुमिका निर्वाहा गर्छु,‘मन्त्री सिंखडाले भनिन्,‘स्वास्थ मन्त्रालयको समन्वयमा र सहयोग औषधी आएको छ यो हाम्रो दायित्व हो ।’

सामाजिक विकास तथा स्वास्थ मन्त्रालयका स्वास्थ सचिव बिनोद बिन्दु शर्माले यस्तै संस्था कास्कीमा मात्र नभई अन्य जिल्लामा पनि भएको जानकारी दिए । सामाजिक विकास तथा स्वास्थ मन्त्रालयका समाजिक सचिव तोयानाथ लम्सालले समाजिक विकास मन्त्रालयले प्रदेशलाई सडक मानव मुक्त प्रदेश घोषणा गरेको बताए । गण्डकी प्रदेश सरकार मानव सेवा आश्रममा ७० लाख रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी पनि उनले दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय कास्की प्रमुख बद्रि आचार्यले ३३ प्रकारका मानसीक रोग सम्बन्धी र अन्य गरेर ३९ प्रकारका औषधी दिएको जानकारी दिए । करिब १ वर्षको लागि पुग्ने औषधी उपलब्ध गराएको उनले बताए ।

प्रदेश आपूर्ति केन्द्र, गण्डकी प्रदेश औषधी व्यवसायी, जिल्ला जनस्वास्थ्य कार्यालय कास्की लगायतको सहयोगमा औषधी प्रदान गरिएको हो । मानव सेवाआश्रम कास्की जिल्ला संयोजक सदिश पुनले १ सय परुष र ६७ महिला अहिले मानव सेवा आश्रममा रहेको जानकारी दिए ।

१२ श्रावण २०८०, शुक्रबार १५:४९ मा प्रकाशित
Nabintech