Play

ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गुरुकुल खबर


पोखरा, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले हालै पोखरा–२५ हेम्जा मिलनचोक स्थित पोखरा–बाग्लुङ सडक खण्डमा तिव्र गतिका कारण दिनानुदिन बढ्दै गरेको सवारी दुर्घटना न्युनिकरणको लागि ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जनचेतनामूलक प्ले कार्ड र पम्पलेट सहित सञ्चालन गरिएको उक्त कार्यक्रममा वडाका जनप्रतिनिधी, ट्राफिक प्रहरी, सवारी चालक तथा वडा वासिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सम्वोधन गर्दै अस्थाई ट्राफिक प्रहरी पोष्ट बगरका ईन्चार्ज कृष्ण बहादुर लामिछानेले आम नागरिकले आ–आफनो ठाउँबाट दायित्व पूरा गरे मात्र सडक दुर्घटना न्यूनीकरण र सुरक्षित समाज निर्माण गर्न सकिने बताए ।

ट्राफिकको एकल प्रयासले मात्र सवारी दुर्घटना न्यूनीकरण गर्न असम्भव भएको भन्दै उनले सबैको साथ र सहयोगको लागि अपिल समेत गरे । लामिछानेले उक्त कार्यक्रममा उपस्थित सबैलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण समेत प्रदान गरेका थिए ।

५ श्रावण २०८०, शुक्रबार १३:२७ मा प्रकाशित
Nabintech