Play

नेपाल फोटो पत्रकार संघद्वारा फोटो वाक २०८० आयोजना

गुरुकुल खबर


पोखरा, नेपाल फोटो पत्रकार संघ कास्कीको आयोजनामा शनिबार पोखराको पुम्दीभुम्दी क्षेत्रमा फोटो वाक २०८० को आयोजना गरिएको छ । कार्यक्रमममा चार दर्जन फोटो पत्रकार सहभागी भई पैदलयात्रा गर्दै वरपरका दृष्यहरु आफ्ना क्यामेरामा कैद गरेका थिए ।

डाँडाकाँडाको हरियाली दृष्य, ताल, हिमाल, विश्व शान्ति स्तुपा, विशाल शिवमहादेव मुर्ति लगायत जनजीवन र जैविक विविधतालाई उनीहरुले क्यामेरामा कैद गरेका हुन् । यात्रा अन्तर्गत खिचिएका उत्कृष्ट तस्वीरहरुलाई पुरस्कृत गर्ने र पछि प्रदर्शनमिा समावेश गरिने संघका अध्यक्ष दुर्गा पौडेलले जानकारी दिए । पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम गरिएको फोटो वाकका संयोजक योगेन्द्र श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमको क्रममा फोटो पत्रकारहरु राम गुरुङ, घनश्याम पौडेल, कृष्णमणि बराल, मनशान्त घिमिरे लगायतले फोटो पत्रकारिता र फोटोग्राफीका बारेमा आफ्ना अनुभव र भनाई राखेका थिए । सोही क्रममा पुम्दीभुम्दीमा नै १४ करोड रुपैयाँको लागतमा निर्माण गरिएको ड्रिम सिटी रेष्टुरेण्टको समेत सहभागीले अबलोकन गरेका थिए । रेष्टुरेण्टका संचालक मध्ये एक श्यामकुमार बजगाइँले त्यहाँका आकर्षणका बारेमा जानकारी गराएका थिए ।

३० असार २०८०, शनिबार १५:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा