Play

बुढीबजार खराने सडक विस्तार शुरु, दुईतर्फी सवारीसाधन संचालन हुने

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नंं २६ ले बुढिबजार देखी खरानेफाँटसम्मको सडक विस्तारको काम शुरु गरेको छ । विजयपुर सिंचाई प्रणालीको नहरको एकतर्फी रहेको उक्त सडकलाई दुर्व तर्फबाट सवारी साधन संचालन गर्ने गरी विहिबार देखी वडाले विस्तारको काम शुरु गरेको हो ।

वडाले ३५ दिने र त्यसपछि थप सात दिनको सूचना प्रकाशित गरी स्थानीयलाई मापदण्ड भित्रको संरचना हटाउन अनुरोध गरेको थियो । वडाले सूचना गरेपछि स्थानीयले स्वतस्फुर्टरुपमा आफ्नो घर अगाडी मापदण्ड भित्रको संरचना हटाएका थिए । धेरै जसो ठाउँमा स्वतस्फुर्त रुपमा स्थानीयले आफै संरचना हटाएको उल्लेख गर्दै, वडाध्यक्ष नरेन्द्र थापाले केही जटिल ठाउँमा डोजर लगाईएको बताए ।

सडक एकतर्फी संचालन हुँदा लामोसमय देखी ट्राफिक जामको समस्या देखिदै आएको र सडक विस्तार अति आवश्यक भएकाले वडाले प्राथमिकताका साथ कार्य थालनी गरेको अध्यक्ष थापाले बताए । स्थानीयको भौतिक संरचनामा कम क्षति होस् भन्ने उद्देश्यले सम्बन्धित घर तथा जग्गाधनीलाई सहजीकरण समितिमा राखेर काम गरेको समेत अध्यक्ष थापाले उल्लेख गरे । बल प्रयोग गरेर नभई समझदारी र सहकार्यमा जटिल काम सहज तरिकाले गर्न सकिन्छ भन्ने उदाहरण बनेको अध्यक्ष थापाले बताए ।

सहजीकरण समितिका संयोजक मुरारी बरालले एक दुई वटा संरचनाका घरधनीले थप क्षति नहुने गरी हटाउन चाहेकाले केही समय दिईएको बाहेक अन्यत्र वडाले अहिले सडक विस्तारका लागि तोकेको क्षेत्राधिकार भित्रका टहरा तथा कम्पाउण्डवाल सहज तरिकालै हटाईएको बताए ।

बुढी बजार चोक देखी खरानेफाँट वडा नंं २६ को सिमानासम्म करिव डेढ किलोमिटरको दुरीसम्म मापदण्ड भित्रका संरचना हटाउने गरी वडाले योजना बनाएको र आर्थिक बर्ष २०८०÷०८१ का लागि उक्त सडकमा एक करोड रुपैया विनियोजन गरेको समेत अध्यक्ष थापाले बताए । सडक विस्तार चुनौतीका रुपमा रहेको थियो, सवैको सहयोग र साथले सहज भयो अध्यक्ष थापाले भने—“सडकको स्तरोन्नती सहित सौन्दर्यकरण गरिने छ ।”

 

२९ असार २०८०, शुक्रबार १२:४६ मा प्रकाशित
Nabintech