Play

भानु जयन्तीका अवसरमा असार २९ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशमा भानु जयन्तीका अवसरमा असार २९ गते सार्वजनिक विदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले यो विदा दिएको हो ।

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट सार्वजनिक सूचनामा उक्त कुरा उल्लेख छ । उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षर गरी जारी गरिएको सूचनामा गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार यो घोषणा गरिएको उल्लेख छ ।

विदा सम्बन्धी घोषणामा प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी २०८० असार २९ गते शुक्रबार भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूूचना प्रकाशित गरिएको छ भनेर उल्लेख गरिएको छ ।

 

२८ असार २०८०, बिहीबार १३:४९ मा प्रकाशित
Nabintech