Play

प्रधानमन्त्री पत्नी सिता दाहालको निधन

गुरुकुल खबर


पोखरा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको उपचारको क्रममा बुधबार निधन भएको छ । बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ । उनी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिइन् ।

नर्भिक अस्पताल थापाथलीका प्राध्यापक डाक्टर युवराज शर्माले दिएको जानकारी अनुसार प्रधानमन्त्री पत्नी सीता दाहालको शरीरमा अक्सिजनको मात्रा घटेपछि उपचारका लागि उनलाई बुधबार बिहान नर्भिक पुर्याइएको थियो ।

उनको पार्थिव शरीर बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालयमा राखिने र आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले उल्लेख गरेको छ । शीर्ष नेता र उच्च अधिकारीहरु प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन अस्पताल पुगेका थिए ।

 

२७ असार २०८०, बुधबार ११:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा