Play

हेमजामा हुन लागेको तेस्रो हिले महोत्सवको तयारी पुरा

गुरुकुल खबर


हेमजा, कास्कीको हेमजामा शुक्रबार हुन लागेको तेस्रो हिले महोत्सवको तयारी पूरा भएको छ । आयोजक देवीस्थान सेवा समाजले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र भोली विहान १० बजे मिलनचोकबाट शोभायात्रा निकालिने जनाएको हो ।

स्थानीय रामबहादुर कुँवर, तुलसी पौडेल, डिल्लीराम नेपाली र कृष्णबहादुर कुँवरको करिव ७ रोपनी खेतमा महोत्सव हुन लागेको हो । कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका माई मन्दिर हेमजाको शान’ नाराका साथ हुन लागेको उक्त महोत्सव अन्र्तगत उत्कृष्ट किसान सम्मान लगायत हिलोमा फुटवल, महिला पुरुष हिले दौड, रसि तान्ने, घैटो फुटाउने, धान रोप्ने, हल गोरु तथा जोडी दौड, हिले नाँच, माछा तथा भाले समाउने, असारे गीत, झाँकी लगायतका प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाइएको छ। कृषकलाई किसान हुनुमा गर्व तथा हर्ष दिलाउँदै युवा पुस्तालाई कृषितर्फ आकर्षण बढाउने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो । महोत्सवसँगै हेमजा लगायत विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढ्ने अपेक्षा पनि गरिएको छ।

– गोविन्द तिमिल्सिना

१४ असार २०८०, बिहीबार २०:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा