Play

सरकारले हिस्टुनको मागलाई सम्बोधन नगरेको भन्दै आन्दोलनको घोषणा

गुरुकुल खबर


काठमाडौँ : माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले सरकारले आफ्नो मागलाई सम्बोधन नगरेको भन्दै आन्दोलनको घोषणा गरेको छ।

हिस्टुनले शुक्रबार विज्ञप्ति जारी गर्दै पटक-पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको भन्दै १८ बुँदे मागसहित असार १२ गतेदेखि १९ गतेसम्म आन्दोलन गर्ने जनाएको छ ।

उनीहरूले असार १२ गतेदेखि १९ गतेसम्म हाल देशभर भइरहेको कक्षा १२ को उत्तरपुस्तिका परीक्षण कार्य नगर्न र नगराउन राष्ट्रिय परीक्षा बोर्डलाई आवश्यक सहयोग गर्न पत्राचार गर्ने, यदि उत्तरपुस्तिका परीक्षण कार्य स्थगित नगरेमा यसबाट उत्पन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी बोर्ड र सरकार हुने समेत चेतावनी दिएको छ ।

असार १६ गते विद्यालयको गुणस्तरीय शिक्षा एवं विद्यालयमा शिक्षक व्यवस्थापन सम्बन्धमा पत्रकार, मिडियाकर्मी, विद्यार्थी सङ्गठनका नेतृत्व, सांसदहरूसँग अन्तर्क्रिया गर्ने, असार १७ गते शिक्षक सेवा अयोग, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा देशभरका शिक्षकहरूले प्लेकार्ड सहित घेराउ गर्ने साथै पुनः ध्यानाकर्षण गराउने लगायतको कार्यक्रम घोषणा गरेको छ ।

१० असार २०८०, आईतवार २२:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा