Play

पाेखरा पनि भूराजनीतिक चासोको केन्द्र बन्याे : एकै दिन चीन र भारतका कार्यक्रम

गुरुकुल खबर


काठमाडौं । सानाे देश, त्यसमाथि अस्थिर राजनीति र विदेशी भक्त, भ्रष्ट नेताहरू भएकाे देश नेपाल । यस्तै हरेक दृष्टिले कमजाेर देशमा  विदेशी शक्तिकेन्द्रको चासो काठमाडौंको सत्तासँग केन्द्रित हुन्छ भन्ने विश्वास रहेको छ ।

तर, समयमा आएको वदलावसँगै शक्तिकेन्द्रका मुकामहरु पनि परिवर्तन हुन थालेका छन् । अहिले नेपालमा काठमाडौं पछिका ठूला शहरहरु भूराजनीतिक चासोको केन्द्रका बन्न थालेकाे कूटनीतिज्ञ र राजनीतिज्ञहरूकाे विश्लेषण रहेकाे छ ।

भैरहवा, लुम्बिनी, विराटनगरमात्र होइन, पर्यटकीय केन्द्र पोखरा पनि भूराजनीतिक चासोको केन्द्रमा पर्न थालेको संकेत घटनाक्रमबाट देखिँदैछ । मूलतः चिनियाँ लगानीमा पोखरा अन्तर्राष्टिय विमानस्थल निर्माण भएपनि भारतीय चासो पनि निकै बढेको थियो ।

भारत र अमेरिकाले निकै चासोसाथ हेरेको गण्डकी प्रदेश, खासगरी मानङ, मुस्ताङ र पोखरा अन्तर्राष्टिय विमानस्थल सञ्चालनमा पनि उनीहरुले नै निकै प्रश्न उठाइरहेका छन् ।

अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट चाटर्ड उडान सुरु हुने भएपछि भारतीय गतिविधि बढेको छ । यसै सिलसिलामा २०८० असार ६ गते पाेखरामा चीन र भारतका छुट्टा छुट्टै सन्दर्भका २ कार्यक्रम पनि भएका छन् ।

चीनले चाटर्ड उडान गर्ने भनेकै दिन २०८० असार ६ गते भारतीय दुतावासले पोखरामा योग शिविर चलाएको छ ।  असार ६ गते चीनबाट राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहितको टोली चाटर्ड उडानबाट पोखरा ओर्लिएका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि चीनको छेन्दुबाट सिचुवान एअरलाइन्स पोखरा अवतरण गरेकाे छ । त्यही मेसोमा भारतले असार ६ गते विहानै पाेखरामा योग शिविर पनि सुरु गरेको हो । एकैदिन यी दुई गतिविधि हुन भए  ।

त्यसो त पोखरामा गतिविधि बढाउन चीनले नेपालमै पहिलोपटक बोटिङ कम्पिटिशन आयोजना गरेको छ । फेवा तालमा हुने उक्त खेलमा चीनका अलवा नेपाली खेलाडी पनि प्रतिस्पर्धामा छन् । पर्यटकीय गतिविधिमात्र होइन, भूराजनीतिक गतिविधिको संकेत पनि पोखरामा देखिन थालेको विज्ञहरुले बताउन थालेका छन् ।

पोखरामा चीनले चार्टर्ड उडान गर्ने भनेपछि चिनियाँ गतिविधि पनि बढ्न थालेका छन् । विभिन्न गतिविधि बढाएर पर्यटकको संख्या बढाउन सक्दा चिनियाँ उडानले निरन्तरता पाउने संभावना हुन्छ । त्यसैले चिनियाँ गतिविधि पोखरामा बढ्दा पर्यटकीय गतिविधि पनि बढ्ने संभावना हुन्छ ।

६ असार २०८०, बुधबार १२:२९ मा प्रकाशित
Nabintech