Play

खेलाडीको भविष्य सुनिश्चित गर्न सरकार लागि परेको छः मन्त्री लिम्बू

गुरुकुल खबर


पोखरा, युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बूले खेलाडीको भविष्य सुनिश्चित हुने तथा खेल क्षेत्रको दिगो विकासका लागि लागि परेको बताएका छन् । पोखरा रङ्गशालामा सुरु भएको तेस्रो प्रदेश स्तरीय तथा पहिलो कास्की जिल्लास्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाली खेलकुदको विकास गर्न खेलकुदमा लाग्ने खेलाडीको भविष्य सुनिश्चित गर्नका लागि नीति निर्माण गर्नुका सार्थ आवश्यक कानुनहरु परिमार्जन गर्न लागि परेको बताएका हुन् ।

उनले पुरानै संरचनामा बसेर नेपालको खेलकुदको विकास हुन नसक्ने भन्दै प्रदेश र जिल्लाका विगतका खेलकुद काकार्यालय तथा संरचनालाई सङ्घीयता अनुसार परिर्वतन गर्नुपर्नेमा जोड दिए । उनले विगतमा जस्तो खेलाडीले वितृष्णा मान्नुपर्ने वाताबरण नहुने बताउदै अव ढुक्क भएर यसमै आफ्नो भविश्य देख्न खेलाडीहरुलाई आग्रह गरे ।

त्यसै गरि गण्डकी प्रदेशका सांसदहरु लिल थापामगर, दोर्ण कुवँर, जीत शेरचन, प्रकाश बराल लगाएतले खेलाडीहरुले अन्तराष्ट्रिय सम्बन्ध बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै खेलकुद र खेलाडीहरुका लागि आर्थिक, नैतिक ,भौतिक तथा नीति निर्माणमा सहयोग गर्न जरुरी रहेको बताए

उनीहरुले खेलाडीहरुले आफ्नो खेल कौशलताको प्रयोग गरि नेपाललाई देश विदेशमा चिनाउन सक्षम रहेको बताउदै विगतमा हेरिएको खेलकुदप्रतिको दृष्टिकोणलाई परिवर्तन गरेर अव खेलकुदलाई देशको अर्थतन्ञसंग जोड्ने पहल गरिने बताए ।

कार्यक्रममा नेपालआईटिएफ तेन्वान्दो संघ गण्डकी प्रदेशकाअध्यक्ष घम बहादुर थापाले आईटिएफ तेक्वान्दो खेलबाट देशकाविभिन्न दुरदराजमा खेलाडीहरु उत्पादन भई विभिन्न विभागिय टिमहरुमा समेत आवद्ध भएको जानकारी दिए ।

खेलाडीले आफ्नो खेल कौशलता प्रदर्शन गरि गण्डकी प्रदेशलाई मात्रै नभई अन्तराष्ट्रिय प्रतियोगिताहरुबाट देशलाई विभिन्न पदकहरु दिलाउन महत्वपुर्ण भुमिका खेलेको भएतापनि सरकारबाट भने खेल र खेलाडी नजरमा नपरेको भन्दै गुनासो गरे ।

प्रतियोगितामा गण्डकी प्रदेशका सात जिल्लाका तीन सयभन्दा बढी खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडीको सहभागिता छ ।

प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा हुने गण्डकीका उपाध्यक्ष तथा रेफ्रीअफिसियल संयोजकआकाशचन्द्र घर्तीमगर जानकारी दिए ।

खेलाडीबीच एकल काता स्पाइरिङ तथा एकल प्याट्रनमा प्रतिस्पर्धा हुनेछ । जसमा स्पाइरिङ तर्फ ४५ देखि ८५ केजी तौल सम्म तथा महिलातर्फ ४० देखि ७० केजी सम्म प्रतिस्पर्धा गराइने भएको छ । यसैगरी एकल प्यार्टनतर्फ ग्रिन बेल्टदेखि ब्ल्याक बेल्ट तेस्रो डानसम्मका खेलाडी प्रतिस्पर्धामा उत्रिने छन्

३ असार २०८०, आईतवार २१:५२ मा प्रकाशित
Nabintech