Play

बन्दीपुरका किसानलाई बाँदर धपाउन बन्दुक वितरण

गुरुकुल खबर


बन्दीपुर – बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ६ वटै वडाका कृषकहरुलाई पहिलो चरणमा ३० वटा बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो ।

ठुलो आवाज आउने भएको कारण अन्य उपकरणको तुलनामा बाँदर धपाउनको लागि यो उपकरण निकै प्रभावकारी रहेको गाउँपालिकाले जनाएको छ ।

बाँदर अत्याधिक लाग्ने क्षेत्रका किसानहरुलाई मध्यनजर गर्दै गाउँपालिकाले बाँदर क्षति नगर्ने खालका विभिन्न किसिमका बोटविरुवाहरु लगाउँन प्रोत्साहान गरेको छ ।

खेतबारीमा लगाएको अन्नबाली र तरकारीबाली नष्ट गर्न थालेपछी किसानहरुले गाउँपालिकासंग बाँदर धपाउने उपकरण माग गरेका थिए । उक्त उपकरण खरिद गर्न गाउँपालिकाले १ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

३१ जेष्ठ २०८०, बुधबार १६:५७ मा प्रकाशित
Nabintech