Play

एभरेष्ट म्याराथनमा सहभागि टिमलाई “विदाई”

गुरुकुल खबर


पोखरा । गत मे २९ तारिखमा एडमन्ड हिलारी एभरेष्ट म्याराथनमा सहभागि भई फर्किएका सूर्य गुरुङको टोलीलाई सोमबार एक कार्यक्रमका बीच पोखरामा बिदाई गरिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १० घान्द्रुकमा रहेको श्री मेश्रम बराह माध्यमिक विद्यालयका दश जोड दूई शिक्षाकालागि म्याराथनमा सहभागि सो टोलीलाई श्री मेश्रम बराह माध्यमिक विद्यालय अर्थ संकलन समिति ले एक कार्यक्रमका बीच विदाई गरेको हो ।

विश्वकै सर्वाधिक जोखिमपूर्णका साथै सुन्दर मानिने एभरेष्ट म्याराथनको संयोजक, भूतपूर्व ब्रिटिस आर्मी तथा बेलायतमै बसोबास गर्दै आईरहेका सूर्य गुरुङ लगायत तर्कजंग गुरुङ, जुमप्रसाद गुरुङ र जीतबहादुर गुरुङलाई शुभकामनाका साथमा विदाई गरिएको थियो ।

कार्यक्रममा एभरेष्ट म्याराथन सफलतापूर्वक सम्पन्न गर्न सफल घान्द्रुककै चेली तथा पोखरा फाइनान्सका म्यानेजर बुद्धिलक्ष्मी गुरुङलाई पनि बधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रममा श्री मेश्रम बराह माध्यमिक विद्यालय अर्थ संकलन समितिका उपसमिति संयोजक क्या.कमल गुरुङ, मेजर ललित गुरुङ, मेजर प्रेम थापा, विष्णु गुरुङ, कृष्ण गुरुङले एभरेष्ट म्याराथन मार्फत संकलित रकम विद्यालयको शैक्षिक विकासमा खर्च गरिने बताउँदै सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

एभरेष्ट म्याराथनका लागि सूर्य गुरुङको टिमले गोफन्ड मार्फत विद्यालय शिक्षाका लागि करिव १८ लाख रुपैयाँ संकलन गरी केही दिन अघि घान्द्रुकमा एक कार्यक्रमका बीच अर्थ संकलन उपसमितिलाई हस्तान्तरण गरेका थिए ।

२३ जेष्ठ २०८०, मंगलवार ००:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा