Play

पोखराको लेकसाईड स्थित रत्नमन्दिर सर्वसाधारणको लागि खुल्ला हुंदै, मुख्यमन्त्री पाण्डेद्वारा अवलोकन

गुरुकुल खबर


पोखराको लेकसाईड स्थित ऐतिहासिक रत्नमन्दिरको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहिवार अबलोकन गरेका छन् ।

आगामी जेठ १५ गते गणतन्त्र दिबसको अवसर पारेर रत्नमन्दिर परिसर सर्वसाधारणको लागि खुल्ला गर्ने तयारी गरिएको छ । रत्न मन्दिर सर्वसाधारणका लागि खुल्ला गर्न पोखराका स्थानीय, ब्यवशायीहरुले माग गर्दै आएका थिए ।

रत्नमन्दिर परिसर पर्यटकहरुकालागि पनि नयाँ गन्तब्य बन्न सक्छ ।

मन्दिरको मुख्य भाग खुल्ला गर्न भने प्राविधिक समस्या रहेको जानकारी नेपाल ट्रस्टले गराएको छ । त्यहाँ भित्र के कस्ता सामग्रीहरु छन् भन्ने बारेमा परिसरमा पुगेका सर्वसाधारण र पर्यटकहरुलाई समेत जानकारी गराउन आवश्यक रहेको चर्चा चलेपनि त्यस सम्बन्धमा के गर्ने भन्ने स्पष्ट भैसकेको छैन ।

यस्ता ऐतिहासिक सम्पदा, पुरातात्विक महत्व बोकेका संरचनालाई संरक्षणसँगै पर्यटन प्रर्वद्धनमा जोड्नुपर्नेमा गण्डकी प्रदेशमा कांगेस नेता सुरेन्द्र राज पाण्डेको नेतृत्वमा बनेको सरकार संवेदनशील रहेको बुझिएको छ ।

२८ बैशाख २०८०, बिहीबार २०:२९ मा प्रकाशित
Nabintech