Play

पोखरामा मुवाथाई र्माशल आर्टको पाच हप्ते समर क्याम्प सुरु

गुरुकुल खबर


पोखरा । पोखरामा मुवाथाई र्माशल आर्टको समर क्याम्प सुरु भएको छ ।

पाँच हप्ते लामो उक्त समर क्याम्प मंगलबार पोखरा रंगशालामा सुरु भएको हो । उक्त समर क्याम्पको गण्डकी प्रदेशका सांसद प्रकाश बरालले एक कार्यक्रमका विच शुभारम्भ गरे ।

सो अवसरमा बोल्दै सांसद बरालले विद्यार्थी लक्षित समर क्याम्पले उनीहरु भित्र रहेको खेल अन्तर्निहित क्षमता उजागर गर्न सहयोग पुग्ने बताउँदै आत्मरक्षा र खेल विकासका लागि समेत उत्तिकै महत्वपूर्ण रहने बताए ।

क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिनाले पछिल्लो समय बालबालिकामा बढ्दै गएको मोवाइल मोहलाई कम गराउन उनीहरुलाई खेल मैदानमा ल्याउन अभिभावकहरु सचेत हुनुपर्ने बताए ।

कार्यक्रमका संयोजक तथा प्रदेश खेलकुद परिषदक सदस्य खगेन्द्र क्षेत्रीका अनुसार उक्त समर क्याम्पमा विभिन्न विूद्यालयका कुद ११८ जना सहभागि छन् । ति मध्ये ५२ जना अन्य मार्शल आर्ट खेल संग सम्वद्ध रहेको मुआथाईका अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहेका क्षेत्रीले बताए ।

सिनियर मार्शल आर्ट प्रशिक्षक शिव गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य दिल बहादुर गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली, जिल्ला खेलकुद कास्कीका अध्यक्ष तोरण बाँनिया, पोखरा महानगर खेलकुदका अध्यक्ष सुवास खड्का लगायतको सहभागिता रहेको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा मुआथाईका अन्तर्राष्ट्रिय प्रशिक्षक रहेका क्षेत्री, ज्ञानेन्द्र सिंह, अनिश वुढा मगर, सुष्मा चौधरी, अर्मान गुरुङ र आयुष गुरुङले निशुल्क रुपमा प्रशिक्षण दिनेछन् ।

सो समर क्याम्पलाई नेपाल मुआथाई संघ गण्डकी प्रदेश र नेपाल राष्ट्रिय मुवांथाई संघ केन्द्रको विशेष सहयोग एवं समन्वय रहेको छ ।

मुआथाई खेल थाइल्याण्डमा जन्मिएको खेल हो । यो थाइल्याण्ड हुँदै विश्वभरी फौलिएको छ ।

१३ औं शताव्दीमा युद्धकला सिक्न सुरु भएको मुआथाई १८ औं शताव्दीमा आएर तत्कालिन राजाहरुले यसलाई खेलको रुपमा विकास गरेका थिए । मुआथाई विश्वकै नं १ मार्शल आर्ट खेलको रुपमा लिइन्छ ।

 

२४ बैशाख २०८०, आईतवार १९:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा