Play

पाल्पा–बुटवल सडकखण्डअन्तर्गत पर्ने सिद्धार्थ राजमार्ग रातको समयमा बन्द

गुरुकुल खबर


रामपुर (पाल्पा), १७ वैशाख (रासस) : पाल्पा–बुटवल सडकखण्डअन्तर्गत पर्ने सिद्धार्थ राजमार्ग रातको समयमा बन्द गरिएको छ । राजमार्गको दोभान–चिडियाखोला सडकखण्डमा दिउँसो हुँदै आएको बन्द खुला गरिएको छ भने राति गरिएको बन्द यथावत् राखिएको छ । शुक्रबारदेखि लागू हुने गरी रातको १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द गरेर काम गरिएको छ ।

रामापिथेकस पार्क नजिक सडक डाइभर्सनको काम सुरु भएको र माथिबाट खुकुला ढुँगाहरू पहरोबाट झरी काम गर्न जोखिम हुने भन्दै सिद्धबाबा सुरुङ मार्ग योजना बुटवलले अर्को सूचना प्रकाशित नहुँदासम्म रातको समयमा राजमार्ग बन्द गर्ने जनाएको छ ।

आयोजनाका अनुसार दिउँसोको समय खुला गरिएको छ । निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्दा दिउँसो सवारी चाप अधिक रहेकाले दिउँसोको बन्द हटाएको बताइएको छ । गत चैत २१ गते दिउँसो र रातिको समयमा सडक बन्द गरिँदै आइएको थियो ।

रातिको समयमा सडक बन्द हुुदा सो समय अवधिभर विभिन्न ठाउँमा सवारी साधन रोक्ने व्यवस्था मिलाइएको सुुरुङ मार्ग योजनाले जनाएको छ । सो समयमा पाल्पाबाट जाने सवारी साधनहरू जडीबुटीचोक, सत्यवती जाने बाटोमा व्यवस्था मिलाइएको छ भने बुटवलबाट आउने सवारी साधानहरू चिडियाखोला तल्लो सिद्धबाबा मन्दिरमा रोक्ने व्यवस्था गरिएको योजनाले जनाएको छ ।

सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनमार्फत काम भइरहेको छ । सडक बन्द रहेको समयमा आकस्मिकरूपमा यात्रा गर्नुपर्ने र साना/मझौला सवारी साधनका लागि दोभान–नुवाकोट खण्डको भित्री सडक प्रयोग गर्न सकिने छ । यस सडकखण्डमा पटक-पटक सडक बन्द गरेर काम गरिरहँदा यात्रुले सास्ती खेप्नु परिरहेको छ ।

१७ बैशाख २०८०, आईतवार २१:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा