तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, April 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

शिक्षक संघ कास्कीको अध्यक्ष बन्न क्षेत्री, पाण्डे र पौडेलको उमेदवारी, मतदान कहिले गर्ने भन्ने अझै अनिश्चित

गुरुकुल खबर गुरुकुल खबर
२०७९ चैत्र ५ मा प्रकाशित
in विशेष, Breaking News, गण्डकी प्रदेश, शिक्षा/स्वास्थ्य, समाचार
शिक्षक संघ कास्कीको अध्यक्ष बन्न क्षेत्री, पाण्डे र पौडेलको उमेदवारी, मतदान कहिले गर्ने भन्ने अझै अनिश्चित
47
SHARES
187
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, नेपाल शिक्षक संघ कास्कीको नबौं अधिवेशनबाट संघको कास्की जिल्ला अध्यक्ष बन्न तिन जना शिक्षक नेताहरुले उमेदवारी दर्ता गराएका छन ।

अध्यक्ष बन्नका लागि संघका वर्तमान कास्की जिल्ला सचिव राजु क्षेत्री, संघका पुर्व केन्द्रीय सदस्य बसन्तराज पाण्डे र संघका निवर्तमान पोखरा महानगर अध्यक्ष भोलानाथ पौडेलले उमेदवारी दर्ता गराएका छन ।

तिन उमेदवारहरु मध्ये कुनै एकको उमेदवारी फिर्ता हुन सक्ने र दुई जना बिच प्रतिस्पर्धा हुन सक्ने अनुमान गरिएको छ ।कास्की कांग्रेस भित्र देखिएको गुटको असर शिक्षक संघमा पनि पर्न सक्ने कतिपयको अनुमान रहेपनि शिक्षकहरुले शिक्षकको हितमा काम गर्न सक्ने र शिक्षक संघको संस्थागत हितमा काम गर्न सक्नेलाई छानेर मतदान गर्ने विश्वास अधिकांशको रहेको छ ।

संघको कास्की जिल्ला उपाध्यक्ष खुला तर्फ रामचन्द्र ओझा र रुम बहादुर खवासले उमेदवारी दर्ता गराएका छन भने महिला उपाध्यक्ष तर्फ टिका देवी भण्डारी न्यौपाने, सिता देवी भण्डारी र सावित्री अर्यालको उमेदवारी परेको छ ।

संघको सचिवमा तारानाथ भण्डारी र निर्मल आचार्यको तथा अर्थ सचिवमा यम प्रसाद भण्डारी, पुर्ण बहादुर थापा र द्रोण सुवेदीको उमेदवारी दर्ता भएको छ ।

यसैगरि संघको कास्की जिल्ला सहसचिवमा खुला तर्फ मोहन प्रसाद तिवारी, बसन्तराज सापकोटा, ढकराज सुवेदी र दीपेन्द्र बस्टाकोटीको उमेदवारी परेको छ तर महिला सहसचिवमा भने सन्जु कुमारी शर्मा एकजनाको मात्र उमेदवारी परेको छ ।

दुईजना समावेशी सहसचिव चाहिनेमा जुनकिरी दर्जी र निर्मला मानन्धरको मात्र र अर्थ सहसचिवमा पनि राधिका बांसतोला भण्डारीको मात्र उमेदवारी परेको भएपनि समावेशी अर्थ सहसचिवमा पुर्ण प्रसाद गुरुडं, उत्तम कुमार श्रेष्ठ, र कृष्ण बहादुर भुजेलले उमेदवारी दिएका छन ।

नेपाल शिक्षक संघको पोखरा महानगर समितिको अधिवेशनको उद्घाटन समारोह भएर उमेदवारी दर्ता भएपनि हाल सम्म मतदान प्रक्रिया शुरु हुन नसकेको अवस्था हेर्दा कास्कीको जिल्ला अधिवेशनको स्थिति पनि त्यस्तै हुने त हैन भनेर चिन्ता गर्नेहरु पनि प्रशस्त छन।

भोलानाथ पौडेल अध्यक्ष रहेको पोखरा महानगर समितिको अधिवेशनको उद्घाटन समारोह सकिएको दुई महिना सम्म मतदान प्रक्रिया शुरु हुन सकेको छैन तर उनि अहिले कास्की जिल्ला अधिवेशन बाट जिल्ला अध्यक्ष बन्नका लागि उमेदवारी दर्ता गराएका छन ।

नेपाल शिक्षक संघका कास्की जिल्ला भरी १ हज़ार ७ सय ७३ जना सदस्य अर्थात् मतदाता रहेका छन भने पोखरा महानगर भित्र १ हज़ार २ सय ७८ सदस्य रहेका छन ।

शिक्षक संघको जिल्ला र महानगरको नेतृत्व चयन गर्नका लागि एकै दिन मतदान गर्ने व्यवस्था मिलाउन सके गाउंगाउंबाट मतदानको लागि आउने शिक्षकहरुलाई सहज हुने कतिपयले बताएका छन ।

शिक्षक संघको महानगर र ज़िल्लाको अधिवेशन अनिश्चित बनेपछि शिक्षकहरुबाट नै तत्काल अधिवेशन गर्नुपर्ने भन्दै आवाज़ उठेको थियो ।

गण्डकी प्रदेशका सबै जिल्लामा जिल्ला अधिवेशन सकिएको र प्रदेश एवं केन्द्रीय अधिवेशनको मिति समेत तोकिएको अवस्थामा संघको पोखरा महानगर अधिवेशन र कास्की जिल्ला अधिवेशन अनिश्चित बनेपछि नेपाली कांग्रेस कास्कीले समेत यस बारेमा चासो प्रकट गरेको थियो ।

शिक्षक संघका महानगर र जिल्ला स्तरका नेताहरुलाई कास्की कांग्रेसको कार्यालयमै बोलाएर यथाशीघ्र अधिवेशन गर्नका लागि कास्की कांग्रेसका सभापति किशोरदत्त बराल र कांग्रेसको शुभेच्छुक संस्था समन्वय शाखाका प्रमुख गंगाधर पराजुली लगायतले आग्रह समेत गरेका थिए ।

कास्की कांग्रेसका सभापति बरालले आंफ्नो राजनीतिक पृष्ठभूमि समेत शिक्षक संघ नै रहेकोले शिक्षक संघ भित्र हुने कमी कमजोरीको दोष आंफुले समेत लिनुपर्ने अवस्था रहेको भन्दै कास्कीको शिक्षक संघ अन्य जिल्लाको तुलनामा नमुना बनेर काम गर्न सक्नुपर्ने बताएका थिए

शिक्षक संघ कांग्रेसको शुभेच्छुक संस्था भएको नाताले कांगेसले चासो राख्नु स्वभाविक रहेको भन्दै पराजुलीले कांग्रेसले राम्रो नगर्दा शिक्षक संघका साथीहरुलाई समेत आरोप आउन सक्ने र शिक्षक संघका साथीहरुले राम्रो नगर्दा कांग्रेस माथी समेत आरोप लाग्न सक्ने भएकोले सकेसम्म रचनात्मक काम गर्न र संस्थाको बिधान अनुसारका गतिविधि गर्नुपर्नेमा जोड दिएका थिए ।

उक्त भेटघाटमा संघका जिल्ला अध्यक्ष रमेश भट्टराई, पोखरा महानगर अध्यक्ष भोला पौडेल, पुर्व केस बसन्त पाण्डे, सचिव राजु क्षेत्री, दुर्गा बराल लगायतले केही प्राविधिक समस्याका कारण अधिवेशनमा ढिलाई भएको जानकारी दिंदै तत्काल अधिवेशन गर्न आवश्यक तयारी शुरु गरिएको जानकारी गराएका थिए ।

उक्त भेटघाट भएको तिन दिन पछि संघको जिल्ला अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएर उमेदवारी समेत दर्ता भैसकेको भएपनि नेतृत्व चयनका लागि कहिले मतदान गर्ने भन्ने विषय अझै टुंगिएको छैन ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा प्रमुख अतिथि रहेको अधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पुर्व सभापति यज्ञ बहादुर थापा र कृष्ण केसी सहित कांग्रेसका जिल्ला उपसभापति युवराज कुंवर, नेपाल ट्रेड युनियन कांग्रेस गण्डकीका अध्यक्ष मुरारी शर्मा, शिक्षक संघका गण्डकी प्रदेश अध्यक्ष शिरोमणि लामिछाने, कास्की कांग्रेस क्षेत्र ३ का सचिव लक्ष्मीप्रसाद पौडेल, शिक्षक संघ तनहु र स्यांजाका अध्यक्ष क्रमशः रमेश बाबु भट्टराई र पशुपति पौडेल, लम्जुडंका पुर्व अध्यक्ष शिवराज अधिकारी, कास्कीका शिक्षक नेताहरु बसन्त पाण्डे, राजेन्द्र पौडेल, बिंदुर चन्द्र ढकाल, सुमना सुबेदी, चन्द्रमणी पौडेल, भोलानाथ पौडेल, संघका कास्की जिल्ला अध्यक्ष रमेश भट्टराई, उपाध्यक्ष खिमनाथ तिमिल्सिना र सचिव राजु क्षेत्री लगायतले शिक्षकहरुका विभिन्न समस्या र सरकारको तर्फबाट गर्नुपर्ने कामका बारेमा चर्चा गरेका थिए ।

जिल्ला अधिवेशन सम्पन्न गर्न शम्भुराज बांस्तोलाको संयोजकत्वमा निर्वाचन समिति बनाईएको छ ।

नेपाल शिक्षक संघ कास्कीको कार्यसमितिका विभिन्न पदमा उमेदवारी दिनेहरुको नामावली

combinepdf

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

सर्वाधिक पढिएका

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न
समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता
अर्थ

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ
विशेष

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”
विचार/अन्तरवार्ता

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय
विशेष

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून
अर्थ

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.