Play

अन्नपूर्ण केवलकारमा चैत्र १ गतेबाट ‘सिजन इन्ड अफर’

गुरुकुल खबर


 

पोखरा । पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार पोखराले आन्तरिक पर्यटककालागि चैत्र १ गतेबाट नयाँ अफर ल्याएको छ ।

नयाँ अफर अन्तरगत आन्तरिक पर्यटककालागि आवात जावत दुवै तर्फीमा चार सय रुपैयाँ गरिएको केवलकार प्रालिले जनाएको छ ।

‘यस अघि आवात जावत दुवै तर्फीकालागि सात सय रुपैयाँ थियो’ मार्केटिंग डिपार्टमेन्ट हेड तथा चिफ कोडिनेटर सुमेस बाँस्तोलाले भने ‘चैत्र १ गतेदेखि सातसयबाट घटाएर चार सय रुपैयाँ गरेका छौं।’

‘आन्तरिक पर्यटकहरुलाई सराङकोटबाट देखिने मनमोहक दृश्यहरुको आनन्द लिन उत्साहित गराउने उद्देश्यले सिजनको अन्तिम अफर ल्याएका हौं’ बाँस्तोलाले भने ।

पोखरा महानगरपालिका–१८ को सेदी बगरदेखि सराङकोटसम्म चल्ने अन्नपूर्ण केवलकारबाट पयर्टकहरुले बिहानको सूर्योदयको दर्शन तथा सांझ सूर्यास्तको अवलोकन गर्न सक्छन् ।

गत वर्षको फागुन ६ गतेबाट सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको दुरी सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ भने सेदीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौ देखि १० मिनेट भित्रमा नै पार गर्न सकिने बनाएको छ ।

३० फाल्गुन २०७९, मंगलवार २१:२८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा