Play

पञ्चासे प्राज्ञ मञ्च पुस्तक विमोचन, मञ्चको अध्यक्षमा तिमिल्सिना चयन

गुरुकुल खबर


पोखरा, पञ्चासे क्षेत्र वरपर रहेका क्षेत्रको जानकारी समेटिएको पुस्तक पञ्चासे प्राज्ञ मञ्चको मंगलबार बिमोचन भएको छ । पञ्चासे प्राज्ञ मञ्चका प्रथम साधारणसभामा पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले पञ्चासे प्राज्ञ मञ्चका विमोचन गरे । उनले भौगोली, शैक्षिक, सामाजीक र इतिहासीक काममा प्राज्ञ मञ्च आवश्यक हुने बताए । पोखरा २३ महागनगरको ठुलो वडा र यसमा अथाहा सम्भावना भएका कारण यसको प्रचार प्रसारमा प्राज्ञ मञ्च पुस्तक सहयोगी हुने बताए ।

विमोचन कार्यक्रमा पोखरा वडा नम्बर २३ वडा सदस्य चेतबहादुर क्षेत्रीले पोखरा २३ को विकासका लागि यस्ता पुस्तकहरु आवश्यक हुने बताए । उनले पुस्तकले वडाका विकासका लागि मार्गचित्र बनाउने बताए । कार्यक्रममा सिद्धबराहा माविका प्रधानध्यापक बद्री पराजुलीले यस क्षेत्रका पुराना सम्पदाहरुको संरक्षण गर्नु पर्ने बताए ।

कार्यक्रममा पञ्चासे प्राज्ञ मञ्चका अध्यक्ष गंगाधर तिमिल्सिनाले वडा भित्र रहेका प्राकृतिक, जैविक सम्भावनाको खोजी गरेर त्यसको संरक्षण गर्नु पर्ने बताए । उनले यसका विकासका लागि अध्ययन अनुसन्धान गर्नु पर्ने उल्लेख गरे । कार्यक्रममा पञ्चासे प्राज्ञ मञ्चका उपाध्यक्ष नारायण गौतमले स्वगिय प्रा.डा. मोतीलाल पराजुलीको सपना साकार बनाउन आफुहरु लागेको बताए । कार्यक्रममा पञ्चासे प्राज्ञ मञ्चका सचिब विश्वनाथ पौडेलले सबै एक जुट भएर अध्ययन अनुसन्धान गर्नु आवश्यक रहेको बताए ।

पञ्चासे प्राज्ञ मञ्चको प्रथम अधिबेशनले गंगाधर तिमिल्सिनाको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्क्षमा नारायण गौतम, सचिब विश्वनाथ पौडेल, कोषाध्यक्षमा घनश्याम पौडेल चयन भएका छन् । सदस्यमहरुमा जिवनाथ लामिछाने, सेतुमाया पराजुली, मिनबहादुर गुरुङ, गंगाधर चापागाइ र यज्ञ तिमिल्सिना चयन भएका छन् ।

९ फाल्गुन २०७९, मंगलवार १९:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा