Play

हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिता शुरु, ४ जिल्लाका १३ टिमको सहभागिता

गुरुकुल खबर


पोखरा । पोखरामा शनिबारदेखि प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिता शुरु भएको छ ।

उद्घाटन खेलमा कास्की मोडनाइसले माउण्ट अन्नपुर्ण मावीलाई १०–२ गोल अन्तरले हरायो । फागुन १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका १३ टिमले सहभागीता जनाएका छन् ।

शनिबार भएको दोस्रो खेलमा जुनियर सिटिजन एकेडेमीले सृजना स्कुललाई ४–३ गोलले हरायो । पहिलो दिनको तेस्रो खेल चिल्डेन लाइफ बागलुङले बालविकास स्कुल नवलपुरलाई ८–२ गोल अन्तरले हरायो ।

अर्को खेलमा पोखराको सगरमाथा वि र गैडाकोट नमुना स्कुललाई ५–२ गोल अन्तरले हरायो । सगरमाथा ए, करुणनीधि फाउन्डेसन र द वल्ड क्यापिटलले बाइ पाएका छन् । दोस्रो दिन क्वाटर फाइनलका ४ खेल हुने प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिए ।

कास्कीबाट ८ टिम, बागलुङबाट २ टिम, नवलपुरबाट २ टिम र गोरखाबाट १ टिम गरि जम्मा १३ टिमले प्रतियोगितामा सहभागीता जनाएका थिए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् ।

प्रतियोगिताको हिसानका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का पुर्व सदस्य सचिब रमेश कुमार सिलुवालले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष सिलुवालले प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोगी हुने बताउँदै खेलकुदको विकासका लागि प्रतियोगिताहरु सञ्चालन भइरहनु पर्ने आवश्यकता औल्याए । कार्यक्रममा हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, हिसान गण्डकीका उपाध्यक्ष डा। रामजी शर्मा प्रतियोगिताका व्यवस्थापन गरिरहेको सबिन ममोरियल क्लबका अध्यक्ष संजय लिगल लगायतले आआफ्नो भनाई राखेका थिए ।

७ फाल्गुन २०७९, आईतवार २०:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा