Play

कास्कीमा नेविसंघको संगठन बिस्तार अभियान, विभिन्न क्याम्पस र संकायमा समेत समिति गठन

गुरुकुल खबर


पोखरा , नेपाल विधार्थी संघले कास्की जिल्ला र विभिन्न क्याम्पसहरुमा आंफ्नो संगठन बिस्तार गर्ने कार्यलाई तिब्रता दिएको छ ।

नेविसंघ कास्की जिल्लाको सभापतिमा नसिव गुरुडंलाई मनोनित गरेपछि सभापति गुरुडंले कास्की जिल्ला समिति विस्तार गरेका छन भने पोखराको पृथ्वीनारायण क्याम्पस र जनप्रिय बहुमुखी क्याम्पसका सभापति क्रमशः गौरव बराल र निर्दोष पौडेलले समेत आंफ्नो समिति बिस्तार गर्दै अन्य क्याम्पस र विधालयहरुमा समेत समिति गठन र बिस्तार गर्ने कार्यलाई तिव्र पारेका छन ।

स्वतन्त्र बिधार्थी युनियनको निर्वाचन नजिक आईरहेको सन्दर्भमा समिति बिस्तार गर्ने र संगठन बिस्तार गर्ने कार्यलाई आवश्यक ठानिएको उनिहरुको भनाई छ।

नेविसंघ कास्कीको समिति बिस्तार

नेविसंघ कास्कीका सभापति नसिव गुरुडंले संघको विधानले व्यवस्था गरेअनुसार जिल्ला कार्य समितिमा ४ जना उपसभापति २ जना सचिव १२ जना सहसचिव र अन्य सदस्यहरु मनोनित गरेर समिति बिस्तार गरेका छन ।

जस अनुसार संघको कास्की जिल्ला उपसभापतिमा क्रमशः महादेव गिरी, दीपेन्द्र गौतम,अशिम सुबेदी र सागर अधिकारी तथा सचिवमा विवेक पराजुली र विष्णु पहारीलाई मनोनित गरिएको छ ।

संघको कोषाध्यक्षमा अस्मिता अधिकारी र सह कोषाध्यक्षमा सुमिक्ष्या थापा लाई मनोनित गरिएको छ भने सहसचिवहरुमा विवेक तिमिल्सिना, आरती गुरुडं, सन्देश खत्री, प्रकट खनाल, युमन गुरुडं, शास्वत न्यौपाने, सुभाष अधिकारी, प्रवेश मल्ल, सन्देश दाहाल, वंशज सिंह खवास, नवराज थापा र राजेश थापालाई मनोनित गरिएक छ ।

संघको कास्की जिल्ला सदस्यहरुमा शंकर पहारी, प्रभात कंडेल, निरज गिरी, सागर पौडेल,सोभित कार्की, अभिनास नेपाली , सविना गौतम, बसन्त घिमिरे, शुशान्त तिवारी, अविरल पौडेल, दिपक पौडेल, दिप्ती पराजुली, कृतन वाग्ले, अनुराग पहारी, राज क्षेत्री, सौरभ खत्री, उत्तम बराल, मनिस तिमिल्सिना, प्रदिप सुवेदी, अभिषेक रमन पोख्रेल, साईन घिमिरे, प्रज्वल पौडेल, सन्जय पौडेल, सनिश रानाभाट, विशाल श्रेष्ठ, प्रकाश गौतम, उज्वल तिवारी, अमृत गुरुडं, विशाल विक, चन्द्रमान गुरुडं, मनोज पौडेल, अनिल तिमिल्सिना र दिनेश पुनलाई मनोनित गरिएको छ ।

यसै बिच संघको जिल्ला कार्यसमितिको हालै सम्पन्न पहिलो बैठकले लामो समयसम्म रिक्त रहेको नेविसंघ कास्की लाई पुर्णता दिन सहयोग गरेकोमा नेविसंघ केन्द्रीय कार्यसमिती, नेविसंघ कास्कीका पुर्व कार्यसमितिहरु, नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्की प्रति आभार प्रकट गर्ने निर्णय गरेको सचिव विवेक पराजुलीले जानकारी दिए । संघका नवनियुक्त सभापति नसिव गुरुडं सहित जिल्ला स्थित अन्य शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यहरुलाई हालै एक कार्यक्रमको आयोजना गरि बधाई एवं शुभकामना समेत दिईएको थियो ।

नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय समितिका संयोजक गंगाधर पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र कास्की कांग्रेसका सभापति किशोर दत्त बराल लगायतले बधाई ज्ञापन गरेका थिए ।

पृथ्वी नारायण क्याम्पसका विभिन्न संकायमा समेत नेबिसंघको समिति

यसैबिच नेविसंघ पृथ्वी नारायण क्याम्पसका सभापति गौरव बरालले संघको कार्यसमितिको उपसभापतिमा स्वरूप बन्जाडे, सचिवमा सुजन लामिछाने र सहसचिवमा प्रयास कोईरालालाई मनोनीत गरेका छन । बराल नेतृत्वको समितिले क्याम्पसका विभिन्न संकायमा समेत नेबिसंघको समिति गठन गर्ने र सदस्यता बितरण गर्ने अभियान चलाएको जनाएको छ ।

जस अनुसार शिक्षा संकायमा पुरुषोत्तम खनाल सभापति रहेको नयां समिति र क़ानून संकायमा विवेक भट्टराई सभापति रहेको नयां समिति गठन गरिएको छ भने व्यवस्थापन संकायमा शिव पराजुली सभापति रहेको समिति गठन गरिएको छ ।

व्यवस्थापन संकायमा गठित नेविसंघको समितिको उपसभापतिमा राजन लामिछाने, साजन सुवेदी, शैलेस तिवारी, मोहमद बसिर,पुर्णिमा भुगाई, हरि ग़ैरे रहेका छन भने सचिवमा राकेश श्रेष्ठ र सहसचिवमा सुदिप सुवेदी, राहुल गोयल, विनित शर्मा, सन्देश सुवेदी तथा कोषाध्यक्षमा रवि श्रेष्ठ निर्वाचित भएका छन ।

समितिको सदस्यहरुमा विपिन शर्मा सुजल गुरुङ शिव अधिकारी शरु अधिकारी प्रशान्त थापा उज्ज्वल तिमिल्सिना प्रभा वरुवाल गगन क्षेत्री प्रतिमा रेग्मी सविन सुनार र प्रवीण सुनार रहेको नेविसंघ पृथ्वी नारायण क्याम्पस समितिले जनाएको छ

जनप्रिय बहुमुखी क्याम्पसमा पदाधिकारी र सदस्यहरु मनोनित

यसै बिच जनप्रिय बहुमुखी क्याम्पस पोखराका सभापति निर्दोष बिक्रम पौडेलले पनि संघको विधान अनुसार कार्यसमितिमा पदाधिकारी र सदस्यहरु मनोनित गरेका छन ।

जस अनुसार उपसभापतिमा शंकर पहारी, अनु खड्का, कुशल पोख्रेल, सागर बांस्तोला र विकल्प थापा तथा सचिवमा पुकार पराजुली मनोनित भएका छन।

सहसचिवमा दिवस रानाभाट,असिम गुभाजु,अभिनास नेपाली,उर्मिला शर्मा, सौगात मरासिनी, शितल पौडेल,अनिल तिमिल्सिना, रोज़ी पोख्रेल, विपना दाहाल,मदन ढकाल र अंकित जंग राणालाई मनोनित गरिएको छ भने कोषाध्यक्षमा तारा खड्का मनोनित भएकी छन ।

समितिका सदस्यहरुमा बविन पौडेल, शिव विक, दीपेन सुनाम, सुवर्ण ढकाल, अनुज रेग्मी, संजोग रेग्मी, सविन पौडेल, मनोज पौडेल, तुल्सी राम पगेनी, एलिना गुरुडं, अनु पौडेल, रोजन अर्याल, संगम कोईराला, योन्जन शाही, आशिष सुबेदी, बिज़नस गुरुडं र मेहताब खान मनोनित भएका छन ।

यसैगरि दिपेश भण्डारी, जमुना गैरे, अमृत क़ाफ्ले, विशाल भण्डारी, फ्युचर निर्दोषी, दिपेशबाबु सापकोटा, अलिना भुषाल, माधव पोखरेल, अनिता रामदाम, अस्मित सुनार, प्रवेश गुरुडं, सफल ढकाल, शिव सुवेदी, नविन पराजुली, पवन केसी, विपिन विष्ट, मनिष तिवारी,निश्चल मगर, विशाल गौतम, अमृत थापा , स्नेहा राना क्षेत्री, निशा तिवारी, प्राप्ति गुरुडं, पवन बस्नेत, बबिता गौतम, सुस्मिता पौडेल, सन्जिना खड्का, रविन पराजुली, सबिता अधिकारी, निष्ठा क्षेत्री र सुजन भट्टराई पनि सदस्यमा मनोनित हुनेहरुमा रहेका छन ।

छोरेपाटन माविमा पनि नेपाल बिधार्थी संघको कार्यसमिति

यसै गरि पोखरा महानगरपालिका-१७ स्थित छोरेपाटन माविमा पनि नेपाल बिधार्थी संघको कार्यसमिति गठन गरिएको छ । दोश्रो अधिवेशनबाट गठित नया कार्यसमितिको सभापतिमा श्रीयांस आचार्य रहेका छन ।

४ फाल्गुन २०७९, बिहीबार ११:०२ मा प्रकाशित
Nabintech