Play

फागुन ४ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा

गुरुकुल खबर


पोखरा । गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा फागुन ४ गते बिहीबार प्रदेशभर सार्वजनिक विदाको निर्णय गरेको छ ।

गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद बैठकले यो वर्षका विदाबारे निर्णय गरेको थियो ।

विदाको निर्णय राजपत्रमा प्रकाशित छ ।

संघ सरकारले दिएका बाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म विदा दिनसक्छ ।

गण्डकी प्रदेशको तत्कालीन मन्त्रिपरिषदले २०७९ मा असार २९ गते भानु जयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस र चैते दसैं चैत १५ गते विदा गर्ने निर्णय गरेको थियो ।

३ फाल्गुन २०७९, बुधबार १३:५५ मा प्रकाशित
Nabintech