Play

मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको छ-नेपाल

गुरुकुल खबर


पोखरा । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको बताएका छन् ।

समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले राजतन्त्र फर्काउने उदघोष सहित पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागीतामा झापाको मेची नदी किनारमा गरिएको कार्यक्रमप्रति संकेत गर्दै यस्तो बताएका हुन्।

नेता नेपालले अहिलेको सत्ता गठबन्धनको पनि आलोचना गर्दै त्यसलाई खिचडी गठबन्धनको संज्ञा दिए । उनले संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको आरोप पनि लगाए ।

यसैबीच नेता नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने बर्बाद भईहाल्ने बताएका छन् । नेपालले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमाले कै बनाउदा देश बर्बाद भइहाल्ने बताएका हुन् ।

उनले आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारी नदिने बताए । नेपालले देशको राजनीति तरल भएको भन्दै कल्पना गरेभन्दा फरक हिसावले राजनीति चलेको उनको भनाई छ ।

 

३ फाल्गुन २०७९, बुधबार १३:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा