Play

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

गुरुकुल खबर


पोखरा । प्रजातन्त्रबादी ईन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल सिडेन कास्कीको शनिबार पोखरामा सम्पन्न सम्पन्न दोश्रो अधिवेशनले ई. सञ्जयराज तिमिल्सिना सभापति रहेको नयाँ कार्य समिति चयन गरेको छ ।

तिमिल्सिना पोखरा विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत छन भने सोही विश्वविद्यालयमा प्राध्यापन समेत गर्दै आएका छन ।उनि यस अगाडी सिडेन कास्कीको सहसचिव थिए ।

सिडेन नेपाली कांग्रेसको शुभेच्छुक संस्था समेत हो ।

समितिको उपसभापतिमा ई.सागर कार्की निर्वाचित भएका छन । उनि पनि पोखरा विश्वविद्यालय र पेक लगायतका संस्थामा कार्यरत छन।

सचिवमा निर्वाचित ई विश्वास आचार्य पुर्वाधार विकास कार्यालयमा कार्यरत छन । उनि नेपाल ईन्जिनियर एशोसिएशन गण्डकी प्रदेश समितिको सदस्य पनि हुन ।

सहसचिवमा ई विश्वास भण्डारी र कोषाध्यक्षमा ई सन्दिप तिमिल्सिना चयन भएका छन् ।भण्डारीर तिमिल्सिना शिक्षण पेशामा कार्यरत रहेको बताईन्छ ।

उपसभापति निर्वाचित कार्की यस अगाडी सचिव थिए भने सचिव निर्वाचित आचार्य यस अगाडी सिडेन कास्कीको सदस्य थिए ।

कार्यसमितिको सदस्यमा ईन्जिनियरहरु सुविज्ञमणि भण्डारी, संगम बन्जरा, सागर बराल, सन्देश बराल अमित पौडेल, योगेश ठकुरी, जीवन चालिसे, मनिष तिमिल्सिना र रश्मि अधिकारी निर्वाचित भएका छन् ।

पश्चिमान्चल ईन्जिनियरिडं क्याम्पस पोखराको प्राध्यापक संघका सभापति ई राजेश भट्टराई र सिडेन गण्डकीका सचिव सन्तोष जिसी समेत रहेको निर्वाचन समितिले नया कार्यसमिति निर्विरोध रुपमा चयन गरेको नेपाल निजामती कर्मचारी युनियन कास्कीका सचिव सुमन शर्माले जानकारी दिए।

सिडेन कास्कीको दोश्रो अधिवेशन शुक्रवार शुरु भएको थियो । अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका सांसद डिल्लीराम सुबेदीले गरेका थिए ।

उद्घाटन समारोहमा पेक स्वविय् काउन्सिलका अध्यक्ष विराट सिग्देल, सिडेनका संस्थापक अध्यक्ष ई रमेश बांस्तोला, ई बिहार थापा, शुभाष आचार्य र टेनिस श्रेष्ठ लगायतले आआफ्नो भनाई राखेका थिए ।

सिडेन कास्कीका नि अध्यक्ष सिरस बांस्तोलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

२१ माघ २०७९, शनिबार २१:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा