Play

तिम्रो स्वागत गर्न सकिन (कविता )

गुरुकुल खबर


तिम्रो स्वागत गर्न सकिन !
                                            –   रीता गुरुङ
प्रिय मृत्यु
तिमी सास्वत सत्य छौ
अकाट्य र अवश्यम्भावी छौ
तर पनि
गुनासो छ तिमीसंग !
मलाई स्वागतको तयारी गर्ने समय सम्म दिएनौ
बुढेसकालमा सेतै फुल्दै गएका केशले
मुजा मुजा परि चाउरिँदै गएको छालाले
तिमीलाई स्वागत गर्ने सपना देखेकी थिए
बुढौलीले थरथर कापेका शरीरले
तिम्रो स्वागतमा मङ्गलधुन बजाउने सपना देखेकी थिए
तर
तिमीले सार्है हतार गर्यौ
थाहै नदिई अचानक आयौ
न परिवार
न साथीभाई
कसैलाई सम्झिनै पाईन I
अचानक
तिमी यत्ति भयानक बनेर आयौ
यत्ति दर्दनाक बनेर आयौ
एक्कासी नजरमा कालो छायो
म निरीह बने !
थाह छ !
आगोको मुश्लोभित्र छट्पटि रहदा
कोही पानीको फोहरा बनेनन्
प्रचण्ड रापभित्र सहयोगको याचना गरिरहदा
कोही दमकल बनेनन्
बने त केवल
रमिते
लाग्यो, मेला लागेको छ यहां
जसले जति धेरै
टिकटक
भिडियो बनाउन सक्छ
जति धेरै फेसबुक लाईभ गर्छ
उ विजयी बन्नेछ
पुरस्कारको चांग पाउनेछ !
मेरा आफ्नैहरु
मेरो चित्कारमा
सेल्फि खिच्दै
फेसबुक लाईभ गर्दै
मानवियता बेचि रहे
संवेदनहिनता बनिरहे
मेरो मृत्यु
मेरा आफ्नैका लागि
मेला बन्यो !
गण्डकी प्रदेशको राजधानी पोखरा
पोखरेलीको गौरव मानिने
अन्तराष्ट्रिय बिमानस्थल
त्यसैको एक छेउमा म जलिरहदा
अह !
मलाई कसैले बचाउने हतार गरेनन्
कतै, ढुकढुकी छ कि
खोज्ने प्रयाससम्म गरेनन् !
प्रिय मृत्यू
माफ गर
तिम्रै हतारले
तिमीलाई स्वागत गर्न पाईन
चित्कारको मेलामा
मृत्यूको यो मेलामा
म निरीह बने !!

४ माघ २०७९, बुधबार ११:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा