Play

लेखनाथ महोत्सवमा कुल १२ करोड ३० लाख बराबरको कारोबार

गुरुकुल खबर


पोखरा । १८ औं संस्करणको लेखनाथ महोत्सव सोमबार सम्पन्न भएको छ । पुस ७ गतेबाट लेखनाथमा आयोजित महोत्सव अवधिभर भएको कारोबार र दर्शकहरुको उपस्थीती अनुसार महोत्सव सोचेभन्दा  सफल भएको महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

महोत्सव अवधिभर २ लाख ८५ हजार दर्शकहरुले अवलोकन गरेका छन् भने  महोत्सवमा कुल १२ करोड ३० लाख बराबरको कारोबार भएको छ ।

महोत्सवको २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र १० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरेको भएपनि लक्ष्यभन्दा पनि बढि  भएको आयोजकले दावी गरेको छ ।

महोत्सवको पहिलो दिन ३० हजार दर्शकले अवलोकन गरेका थिए भने दोस्रो दिन पुस ८ गते १० हजार, पुस ९ गते २५ हजार, १० गते ३० हजार, ११ गते १५ हजार, १२ गते १५ हजार, १३ गते २०, १४ गते २० हजार, १५ गते ३५ हजार र १६ गते ४० हजार र १७ गते २५ हजार र अन्तिम दिन १८ गते सोमबार २० हजार गरी कुल २ लाख ८५ हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

त्यस्तै, महोत्सवमा कुल कारोबार रकम ११ करोड पुगेको छ ।

महोत्सवमा पहिलो दिन पुस ७ गते ८० लाख, ८ गते ४० लाख, ९ गते १ करोड, १० गते १ करोड २० लाख, ११ गते ७० लाख, १२ गते ८० लाख, १३ गते १ करोड, १४ गते १ करोड, १५ गते १ करोड ३० लाख र १६ गते १ करोड ५० लाख र १७ गते १ करोड ४० लाख र अन्तिम दिन १८ गते सोमबार १ करोड ३० लाख गरी कुल कारोबार रकम १२ करोड ३० लाख पुगेको संयोजक ओझाले जानकारी दिए ।

‘ लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा कुल ३३७ स्टलहरु रहेका थिए ।

महोत्सवमा मनोरञ्जनका लागि रत्यौली कार्यक्रमदेखि विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरुको आयोजना गरिएको थियो । ‘

ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको थियो जुन दर्शकको आकर्षणको केन्द्र समेत बनेको थियो । यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो, गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका थिए ।

यसैविच महोत्सवको शनिवार एक समारोहका विच पुर्व गृहमन्त्री एवं गण्डकी प्रदेशका सांसद खगराज अधिकारीले समापन गरेका छन । समापन समारोहलाई सम्बोधन गर्दै अधिकारीले महोत्सवले लेखनाथबासीलाई सामाजीक रुपमा एकतावद्ध बनाएको वताउँदै आगामी दिनमा पनि स्थायी रुपमा सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

यस्तै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आम जनता र उपभोक्ता लाई उत्पादक एवं उद्योगी व्यवसायीहरुसग अन्र्तक्रिया गराउन यस्ता महोत्सवले उल्लेखनीय भुमिका खेल्ने वताउँदै यसबाट स्थानीय उत्पादक एवं उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष टेवा पुग्ने वताएका थिए ।

संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका उप–प्रमुख विदुर भुषण क्षेत्री, नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष बिमला भण्डारी, महोत्सवको झाँकी र्याली उप–समितिकी संयोजक बुद्धिमाया मगर लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन महासचिव उपेन्द्रराज सुवेदी राजु र धन्यवाद ज्ञापन मेला प्रचार प्रसार व्यवस्थापन उपसमिति संयोजक तथा संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

१८ पुष २०७९, सोमबार २१:५२ मा प्रकाशित
Nabintech