Play

पोखरा महानगरपालिका वडा नं. ९ कार्यालय द्वारा सरसफाई सामाग्री वितरण

गुरुकुल खबर


पोखरा , पोखरा महानगरपालिका वडा नं. ९ वडा कार्यालयले आमा समूह र टोल विकास संस्थालाई सरसफाई सामाग्री वितरण गरेको छ।

पोखरा– ९, शान्तिबन वाटिका टोलविकास संस्था र शान्तिघाट आमा समूहको संयुक्त आयोजनामा विहिबार आयोजित कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सरसफाई सामाग्री हस्तान्तरण गरेका थिए ।

वडा अध्यक्ष मर्सानीले टोलविकास संस्थाका अध्यक्ष शेषनारायण पौडेललाई सामाग्री हस्तान्तरण गर्दै व्यक्ति र घर मात्र सफा भएर नहुने भन्दै टोल र बाटो तथा पार्कहरु पनि सफा राख्नुपर्ने सबैको जिम्मेवारी रहेकोले वडा कार्यालयले संघसंस्थाहरुलाई जिम्मेवार वनाउन सरसफाई सामाग्री वितरण गरेको वताए ।

सो अवसरमा वडा सदस्यहरु लक्ष्मी पहारी र गीता नेपालीले सरसफाई सामाग्रीको संरक्षण गर्दै साप्ताहिक रुपमा टोल सरसफाई गर्दै जनचेतनामूलक कार्य गर्न टोलवासीलाई आग्रह गरेका थिए ।

शान्तिबन वाटिका टोल विकास संस्थाका अध्यक्ष शेषनारायण पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शान्तिघाट आमा समुहकी उपाध्यक्ष साबित्री पहारीले स्वागत र कार्यक्रम संचालन अध्यक्ष सरस्वती श्रेष्ठले गरेका थिए ।

१७ पुष २०७९, आईतवार ०७:३२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा