तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, February 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी

गुरुकुल खबर गुरुकुल खबर
२०७९ पुस १२ मा प्रकाशित
in समाचार, खेलकुद, गण्डकी प्रदेश
१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी
27
SHARES
106
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” दोश्रो दिन पनि जारी रहेको छ ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा जारी रहेको हो । पौष १५ गते सम्म सञ्चालन भएको उक्त प्रतियोगिताको दोश्रो दिन मेन्स सिंगल्स र भेट्रान्सतर्फका प्रतिस्पर्धाहरु जारी रहे संगै ५५ वर्ष भन्दा माथीको क्वाटर फाइनलका खेलहरु सम्पन्न भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताए ।
मेन्स सिंगल्स ओपन
जारी प्रतियोगिता अन्तर्गत दोश्रो दिन मेन्स सिंगल्स ओपनतर्फका खेलहरु सुरु भएका छन् । प्रतियोगितामा पेमा नोर्वुले देवाशिस रेयूललाई ६–१, ६–० ले, निर्मल मगरले मनोज महर्जनलाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दा अकि जुवेन रावतले प्रितम परियारलाई ६–०, ६–१ ले पाखा लगाए । त्यस्तै नेहाल जेवी थापाले नवराज शर्मालाई ६–१, ६–१ ले, निजेज महर्जनले प्रशिद्ध मोक्तानलाई २–६, ६–३, ६–३ ले पराजित गरे ।
त्यसै गरी उग्यान शेर्पाले कुमार जिशीलाई ६–१, ६–० ले, आयुष्मान घलेले बिबेक मगरलाई ६–४, ६–१ ले, अभिनव आचार्यले विष्णु नेपालीलाई ६–२, ७–५ ले, सौगात विकले गोविन्द नेपालीलाई ६–४, ६–२ ले पराजित गरे । त्यस्तै राजविर प्रधान र आशिष खड्का वाक ओभर पाउँदै दोश्रो चरणमा प्रवेश गरेका छन् ।
मेन्स डबल्स ओपन
प्रतियोगिता अन्तर्गत मंगलबार मेन्स डबल्स ओपन तर्फका खेलहरु सुरु भएका छन् । प्रतियोगिताको पहिलो दिन सौगात बिक र आशिष खड्कका जोडी, प्रनभ र गोविन्दको जोडी, शक्षम शाह र प्रितमको जोडी, आयूष घले र पेमा नोर्वुको जोडीले आ–आफ्नो खेल जितेका छन् ।
मेन्स ४५ वर्ष माथी सिंंगल्स÷डबव्स
मेन्स ४५ वर्ष माथी सिंंगल्सतर्फको खेलमा सिजर गुरुङले हुम आलेलाई ६–२, ६–१ ले पराजित गर्दा र प्रदिप शाह वाक ओभर पाउँदै दोश्रो चरणमा प्रवेश गरेका छन् । त्यसै गरी ४५ वर्ष माथी मंगलबार ७ खेलहरु सम्पन्न भएको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत निमा र टिटि सिंहको जोडी, राजु श्रेष्ठ र यज्ञ भण्डारीको जोडी, पदम र हुम आलेको जोडी, आशिष र सिजर गुरुङको जोडी, गोपी भट्टराई र सूर्य भूजेलको जोडी, शरण र विकासको जोडी बिजयी भएको आयोजकले जनाएको छ ।
मेन्स ५५ वर्ष माथी सिंगल्स÷डबल्स
५५ वर्ष माथीको सिंगल्सतर्फ स्पर्धामा ध्रुर्व गुरुङले काजी गुरुङलाई २–६, ६–१ र १२–१० को सेटमा संघर्षपूर्ण खेलमा परजित गरे भने अनिल तुलाचनले राजकुमार गुरुङलाई पहिलो सेटमा ६–३ ले जिते पनि तुलाचन रिटयार्ड हर्ट हुँदै खेलबाट बाहिरिएका छन् । त्यस्तै भारतिय खेलाडी एन दिलिपले युकेका खेलाडी वाल्टर स्मिथलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्दा बाबु कार्कीले वाक ओभर दिंदा कर्ण तामाङ खेलमा विजयी हुँदै अघि बढेका छन् ।
त्यस्तै समिर शेरचनले राजेन्द्र घिमिरेलाई ६–२, ६–१ ले, कृष्ण राज घलेले सुरेन्द्र माकाजुलाई ६–०, ६–१ ले, उत्तम शेर्पाले डियोनमलाई ५–७, ६–१, १०–४ को सघर्षपूर्ण खेलमा पाखा लगाउँदा प्रदिप शाहले बिनोद कायस्थलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गर्न सफल रहे ।
प्रतियोगिता अन्तर्गत ५५ वर्ष माथी मेन्स डबल्समा कमल र चाम्वा ढुन्ढुपको जोडीले राजु श्रेष्ठ र उत्तमलामालाई ६–३, ६–५ ले, अनिल तुलाचन र बिनोद कायस्थको जोडीले विदुर विष्ट र काजी गुरुङको जोडीलाई ६–३, ६–२ ले, हिमाल शाह र बिमल गुरुङको जोडीले मनोज र ध्रुर्ब घलेको जोडीलाई ६–०, ६–४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।
३५ वर्ष माथी डबल्स
जारी प्रतियोगितामा ३५ वर्ष माथी ८ खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत कमल र यज्ञ, अनुज बास्तोला र नविन श्रेष्ठको जोडी, मिन पुन र मलिन गर्वुजाको जोडी, राजन पौडेल र लक्ष्मणको जोडी, समिर र अनिलको जोडी, जितेन्द्र र चेवाङ लामाको जोडी, सञ्जय र अनिलको जोडी, सन्तोष र सिमन्तको जोडीले आ–आफ्नो खेल जित्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।
जारी प्रतियोगितामा ६५ वर्ष माथी सिंगल्समा विष्णु गुरुङले इन्द्र कार्कीलाई तेसतेन नोर्गायलले विकाश रानालाई पराजित गरेको जिल्ला टेनिस संघ कास्कीले जनाएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिएका छन् । सहभागि खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरबाट आएका छन् । प्रतियोगिताको सहभागिता हाल सम्मकै ठूलो सहभागिता हो ।

प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा मेन्स सिंगल्समा २७ जना, मेन्स डबल्समा १२ जना, उमेन्स सिंगल्समा ८ जना, ३५ वर्ष माथी मेन्स सिंगल्समा ३४ जना, डबल्समा १७ जना, ४५ वर्ष माथी सिंगल्समा ३५ जना, डबल्समा १९ जना, ५५ वर्षमाथी सिंगल्समा २४ जना, डबल्समा १२ जना, ६५ वर्ष माथी सिंगल्समा १२ जना र डबल्समा ३ जना गरी कूल २ सय ३ जना खेलाडीले नाम दर्ता गरेको जानकारी दिएका छन् ।

प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।

प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

“१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी
समाचार

नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्षमा चेतमाया पंगेनी

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.