Play

सुजन मार्पा तामाङ अभिनित ‘ज्यानै बाजी भो’ बजारमा

गुरुकुल खबर


काठमाडौ । चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङ अभिनित ‘ज्यानै बाजी भो’ बजारमा आएको छ । काठमाडौको जोरपाटीस्थित शेनुर हाउसमा एक पत्रकार सम्मेलनविच मोक्तान डिजिटलको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजानिक गरिएको हो ।

गायक एंव संगीतकार प्रकाश तामाङ तितुङ र प्रयुशा तामाङको आवाजमा रहेको गीतलाई गीतकार कुमार स्याङ्बाले लेखेका हुन भने प्रकाश तामाङ तितुङको संगीत र महाराज थापाको संगीत संयोजन रहेको छ ।

चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङको भिडियो डिरेक्सन र कोरियोग्राफी रहेको छ  । पवन सुस्लिङले भिडियोको छायांकन, सम्पादन र कलर गरेका हुन ।

गीतमा डान्सर सुजनसंगै गीता ढुंगानाको सुन्दर नृत्य छ । करिब दुइबर्षको अन्तरालमा डान्सर सुजनले यो भिडियो निमार्ण गरेका हुन् ।

१० पुष २०७९, आईतवार २१:५५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा