Play

बागलुङ-विजयी गठबन्धनका उम्मेदारहरु मतदातासँग खुसी साट्दै, प्रदेशसभामा चारवटै काँग्रेस

गुरुकुल खबर


बागलुङ –   प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम मतपरिणाम आए सँगै विजयी उम्मेदवारले मतदाता सँग खुसी साट्नुका साथै धन्यबाद ज्ञापन गरेका छन । शुक्रबार औपचारिक घोषणा पछि विजयी बागलुङ क्षेत्र नं. १ का गठबन्धनका उम्मेदारहरुले विजयी उत्सव मनाउनुका साथै मतदातालाई धन्यबाद दिएका छन ।

प्रतिनिधि सभा तर्फ विजयी राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले र प्रदेश सभा (१) मा नेपाली काँग्रेसका दिपेन्द्र बहादुर थापा र प्रदेश सभा (२) मा काँग्रेसकै युवा नेता डिल्लीराम सुवेदी सहित दलका कार्यकताहरुले विजयी उत्सव मनाएका छन ।

उत्सव पछि मतदातालाई धन्यबाद दिँदै केसीले जनताको विश्वासलाई आफुले कहिलै मर्न नदिने बताए । उनले सधनमा आफु पुग्दै गर्दा नेपाली राजनिति र सिंगो संसदको गरिमा नै फरक हुने भएका कारण यो गरिमा नै बागलुङका जनताको भएको बताए । केसीले चुनाव भड्किलो र धेरै खर्चिलो भै सकेको बताए ।

केसीले अबका निर्वाचन जो कोहीले लड्न नसक्ने बताए । उनले विगतमा भन्दा अहिलेको निर्वाचन धेरै घड्किलो र खर्चिलो भएका कारण अब जो कोही चुनाव लड्न नसक्ने दाबी गरे । ‘अब कमजोर मान्छे चुनाव नलडे हुने रैछ । जो सँग पैसा छ उसले मात्र आँटे हुन्छ । मलाई त धेरै भड्किलो लाग्यो केसीले भने, चुनाव जित्नका लागि अब विचारले मात्र पुग्ने देखिएन ।

उनले राजनितिक पार्टीका सिद्धान्त विचार हरेर जनताले भोट हाल्नुपर्नेमा जोड दिएका थिए । केसीले निर्वाचनमा अहोरात्र खट्ने कर्मचारी, सुरक्षाकर्मी र मतदाता लगायतलाई धन्यबाद दिँदै लोकतान्त्रीक अभ्यासमा जसले जिते पनि जनताकै काम गर्न जाने हुँदा जिम्मेवारी भएर काम गर्नुपर्ने बताए । केसीले आफु निपक्ष रुपमा निडर भएर जनताको काममा लाग्ने र गलत प्रबृतिको प्रर्दाफास गर्न पछि नहटन्े बताए । ‘म संसदमा जनताकै कामका लागि जाँदैछु ।

जनताको मतको उच्च सम्मान गर्नुपर्छ । केसीले भने,–‘यहाँ भित्र बेथिति चल्यो भने म खबरदारी पनि गर्नेछु । मेरो जिम्मेवारी पुरा गर्नेछु । आम मतदातालाई पछुतो हुन दिने छैन ।’ केसीले सर्वप्रथम संसदमा पुगेपछि निति निर्माणकै कुरा प्राथमिकतामा हुने हुँदा यसलाई नै जोड दिने बताए । उत्सवकै बेलामा पञ्चेबाजामा केसी छमछम नाचेका थिए । उनलाई साथ प्रदेश सभामा विजयी सांसदले साथ दिएका थिए ।

कार्यक्रममा बागलुङ–१(१) प्रदेश सभा सदस्यमा निर्वाचित काँग्रेसका दिपेन्द्रबहादुर थापाले जनताप्रति उत्तरदायी भएर काम गर्ने बताए । उनले गण्डकी प्रदेश सभामा बागलुङका हरेक जनताको आवाजलाई बुलन्द गर्ने आफ्नो कर्तव्य रहेको बताए ।

त्यसैगरी बागलुङ–१(२) का नवनिर्वाचित प्रदेश सभा सदस्य काँग्रेसका युवा नेता डिल्लीराम सुवेदीले जनताले गरेको विश्वासलाई आफुले कहिलै मर्न नदिने बताए । उनले प्रदेशसभामा सवै वर्गको सुहाँउदो निति निर्माण र कार्यान्वयनका निम्ती आफ्नो भुमिका महत्वपुर्ण हुनेमा विश्वास गरे ।

बागलुङ– १ मा गठबन्धनका साझा उम्मेदवार केसी सँग नेकपा एमालेका उम्मेदवार डा. सुर्य पाठक सँग मुख्य प्रतिस्पर्धा भएको थियो । केसीले पाठकलाई २ हजार ६१९ मतको अन्तरले विजयी भएका थिए । केसीले कुल २१ हजार ४६४ मत प्राप्त गरेका थिए भने पाठकले १८ हजार ८४५ मत प्राप्त गरेका थिए । बागलुङमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको थियो ।

स्वतन्त्रका उम्मेदवार खिमानन्द कंडेलले ९ हजार १९१ मत प्राप्त गरेका थिए । राप्रपा नेपालका लक्ष्मीप्रसाद सापकोटाले ९०४ मत प्राप्त गरेका थिए । त्यसैगरी नेपाली काँग्रेस विपीका  शिवला सापकोटाले १२५ र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले १९४ मत प्राप्त गरेका थिए ।

प्रदेश सभा तर्फ काँग्रेसका थापाले नेकपा एमालेका हिराबहादुर खत्रीलाई पराजय गराउँदै विजयी भएका थिए । थापाले १३ हजार ८९८ मत प्राप्त गर्दा खत्रीले १२ हजार ४१८ मत प्राप्त गरेका थिए ।  प्रदेश सभा (२) मा नेपाली काँग्रेसका युवा नेता डिल्लीराम सुवेदीले नेकपा एमालेका नवराज पौडेललाई फराकिलो मतान्तर सहित विजयी भएका थिए । सुवेदीले १३ हजार ३७९ मत प्राप्त गर्दा पौडेलले ७ हजार २५९ मत प्राप्त गरेका थिए । सुवेदीले पौडेलले भन्दा ६ हजार १२० मतले बढि लिएका थिए । सत्ता गठबन्धन एकै ठाउँमा रहँदा नेकपा एमाले एक्लै लडेको थियो ।

बागलुङ क्षेत्र नम्बर २ प्रतिनिधि सभा तर्फ नेकपा माओबादी केन्द्रका देवेन्द्र पौडेल विजयी भएका छन ।   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका  पौडेलले २४ हजार ७ सय ७९ मतसहित  नेकपा एमालेका  मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गरेका छन्। चालिसेले २० हजार १ ८० मत प्राप्त गरेकी छिन्। पौडेलको यो दोस्रो जित हो ।

२०७४ मा बाम गठबन्धनको साथ पाएका पौडेलले यसपाली सत्ता गठबन्धनका दलको राम्रो साथ पाएका थिए । पौडेल नेकपा माओबादी केन्द्रका सचिव समेत हुन । पौडेल सँगै प्रदेश सभा क्षेत्रमा पनि सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन । प्रदेश सभा १ मा नेपाली काँग्रेसका जित शेरचन र प्रदेश २ मा काँग्रेसकै द्रोण कुँवर विजयी भएका छन ।

शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरलाई तीन हजार १०० मतान्तरले पराजित गरेका हनु । शेरचनले १५ हजार १०८ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरेका थिए ।

घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए । शेरचन काँग्रेस बागलुङका सभापति हुन । उनि यस अघिको प्रदेश सभाको निर्वाचन र उपनिर्वाचनमा बागलुङ क्षेत्र नं. २ प्रदेश (२) बाट उम्मेदवार भएका थिए ।

दुवै निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले पराजय गराएका थिए । यस पटक भने शेरचन आफ्नो क्षेत्र छाडेर क्षेत्र नं. १ प्रदेश (१) मा उम्मेदवार भएका थिए ।

बागलुङ–२ (२) का विजयी कुँवरले एमालेका लक्ष्मण पुनलाई ३७३७ मतान्तरले पराजित पारेका हुन । कुँवरले १२ हजार ४०८ मत ल्याउँदा पुनले आठ हजार ६७१ मत ल्याएका छन । सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका प्रदेश सभा क्षेत्रमा चार वटै काँग्रेसको भागमा परेको थियो ।

१० मंसिर २०७९, शनिबार ११:५७ मा प्रकाशित
Nabintech