Play

काठमाडौं–३ (१) बाट कांग्रेसका छिरिङ लामा प्रदेशसभा सदस्यमा निर्वाचित

गुरुकुल खबर


काठमाडौँ — काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

सोमबार राति सम्पन्न मतगणनामा लामाले निकटतम प्रतिद्वन्द्वी राप्रपाका चुण्डी लामालाई २, २८२ मतान्तरले पछि पार्दै वाग्मती प्रदेशसभा सदस्यामा निर्वाचित भएका हुन् ।

छिरिङले ४, ५५८ मत प्राप्त गरेका छन् भने चुण्डीले २, २७६ मत पाएका छन् ।

प्रदेशसभातर्फको निर्वाचनमा एमालेका उम्मेदवार चन्द्रमान लामा भने १, ४१५ मत प्राप्त गर्दै तेस्रो भएका छन् ।

यसक्षेत्रमा गठबन्धन नगरेको माओवादीका उम्मेदवार कपिलमुनी उप्रेतीले ३६६ मतसहित चौथो भएका छन् ।

६ मंसिर २०७९, मंगलवार ०५:५९ मा प्रकाशित
Nabintech