Play

विदेशी पर्यटकबाट ११ अर्ब ४० करोड भित्रिँदा नेपालीबाट २६ अर्ब ३ करोड खर्च

गुरुकुल खबर


काठमाडौं । साउन–असोज तीन महिनामा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट ११ अर्ब ४० करोड ५ लाख भित्रिँदा भ्रमणमा जाने नेपालीको खर्च २६ अर्ब ३ करोड ७ लाख पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार विदेशी पर्यटकले ल्याउनेभन्दा नेपालीले विदेश भ्रमणमा जाँदा लाने रकम बढेको छ । यो हिसाबले पर्यटक भ्रमणमा नेपाललाई तीन महिनामै १५ अर्ब घाटा भएको छ । यस्तो भ्रमणमा घाटा विगतका वर्षदेखि नै हुँदै आएको हो ।

गत आर्थिक वर्ष २०७८÷७९ मा विदेशी पर्यटकले नेपालमा ३२ अर्ब ४४ कराड ७२ लाख खर्च गरे भने नेपाली विदेश भ्रमणमा जाँदा गत आवमा ९७ अर्ब ३२ करोड २९ लाख लगेका थिए । आर्थिक वर्ष २०७७-७८ मा भने विदेशीले नेपालमा ७ अर्ब २६ करोड ६३ लाख खर्च गरे अनि नेपालीले विदेश जाँदा ३२ अर्ब ८० करोड सकाए ।

यसैगरी, सरकारी तवरबाट विदेशी आउँदा साउनदेखि भाद्रसम्ममा २ अर्ब ८२ करोड ९२ लाख खर्चेको देखिन्छ । नेपाली सरकारी तवरबाट विदेश जाँदा तीन महिनामा ५७ करोड ६२ लाख खर्च भइसकेको छ ।

नेपाल राष्ट्र बैंकले वस्तु आयात–निर्यातबाहेक अन्य तवरबाट विदेशी मुद्रा आउने र बाहिरिनेलाई ‘सेवा खाता’का रूपमा राख्ने गर्छ । गत तीन महिनामा यस्तो सेवा आय २१ अर्ब ७० करोडले घाटामा छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ३४ करोडले घाटामा थियो । गत आर्थिक वर्ष २०७८÷७९ को एक वर्षमा यस्तो घाटा १ खर्ब ८ अर्ब ११ करोड ७५ लाख थियो । त्योभन्दा अघिल्लो वर्ष यस्तो घाटा ७२ अर्ब ८५ करोेड २५ लाख थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार शिक्षातर्पm व्यय १७ अर्ब ८९ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ८ अर्ब ९२ करोड थियो ।

विदेशमा पढ्न जानेले तीन महिनामा लगेको खर्च १ सय प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८÷७९ मा एक वर्षमा विदेशमा पढ्न जानेले ३८ अर्ब ८९ करोड ३३ लाख लगेका थिए भने सोभन्दा अघिल्लो वर्ष ३४ अर्ब ४७ करोड ५२ लाख नेपाली विद्यार्थीले विदेशमा पढ्न अध्ययन खर्च लगेका थिए ।

सेवाअन्तर्गत गत तीन महिनामा अन्य शीर्षकबाट २४ अर्ब ३३ करोड ४४ लाख भित्रिएको देखिएको छ । त्यस्तै, अन्य शीर्षकबाट नेपालबाट ११ अर्ब २६ करोड बाहिरिएको देखिएको छ । अन्य शीर्षकबाट आव २०७८÷७९ को एक वर्षमा ८० अर्ब ११ करोड आएको देखिन्छ भने ३८ अर्ब ८९ करोड ३३ लाख गएको देखिन्छ ।

आर्थिक वर्ष २०७७÷७८ मा भने अन्य शीर्षकबाट ६५ अर्ब ४७ करोड भित्रिएको र ३४ अर्ब ४७ करोड ५२ लाख बाहिरिएको देखिएको छ।

२ मंसिर २०७९, शुक्रबार २१:४१ मा प्रकाशित
Nabintech