Play

मतदातालाई सचेत रहन आग्रह

गुरुकुल खबर


पोखरा, आम निर्वाचनको समय नजिकिँदै जाँदा मतदाता प्रभावित पार्न नयाँ नयाँ षडयन्त्र हुन सक्ने भन्दै सचेत रहन पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले आग्रह गरेका छन् । निर्वाचन प्रचार अभियान अन्तरगत कास्की २ मा आयोजित संयुक्त युवा तथा विद्यार्थी भेलामा उनीहरुले यस्तो आग्रह गरेका हुन् ।

‘निर्वाचनको मिति नजिकिँदै छ, हाम्रा बिरोधीहरु विभिन्न प्रलोभन लिएर आउन सक्छन्, सचेत रहनुहोला ।’ प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रीनाथ बरालले भने, ‘केही मिनेटको प्रलोभनमा परेर पुरै पाँच वर्ष पछुताउने काम नगरौं ।’
कास्की २ (१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले पनि निर्वाचनको समय छोटिँदै जाँदा खेल हुनसक्ने भएकाले सचेत रहन आग्रह गरे ।

उनले अहिलेको मुख्य प्रतिवद्धता नेपाली जनतालाई सम्बृद्ध बनाउने भएको बताउँदै भाषणमा मात्रै नभई जनताको चुलोमा नै सम्बृद्धि ल्याउने बाचा गरे ।

३० कार्तिक २०७९, बुधबार १८:५२ मा प्रकाशित
Nabintech