Play

युवा व्यवसायी श्रेष्ठको ‘पोम्स पेन्टहाउस’ सचालनमा

गुरुकुल खबर


पोखरा। पोखराको लेकसाइडस्थित बाराही पथमा युवा पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठले ‘पोम्स पेन्टहाउस’ सञ्चालनमा ल्याएका छन्। ग्रुपमा तथा परिवारसहित पोखरा घुम्न आउनेलाई लक्षित गर्दै पोम्स पेन्टहाउस सञ्चालनमा ल्याएको हो ।

विशेष गरी लामो तथा छोटो बसाईका लागि पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी लक्जरी अपार्टमेन्ट सञ्चालनमा ल्याएको संचालक श्रेष्ठले बताए ।

करिब १० करोड रुपैयाँ लागतमा निमार्ण सम्पन्न उक्त पेन्ट हाउसमा घरमा आवश्यक पर्ने किचन, ग्याँस, भाँडाकुडालगायत सबै सेवा सुविधा उपलब्ध छ ।

स्टुडियो अपार्टमेन्ट ६ वटा, दुई बेडरुमको ४ वटा, थ्री बेर्डरुमको १ र ६ वटा सेयरिङ किचन रुम रहेको सो पेन्ट हाउसमा रहनकालागि नेपालीले एक रातको ३ हजारदेखि १२ हजार रुपैयासम्म तिर्नु पर्नेछ भने विदेशीलाई ४० डलरदेखि १२० डलरसम्म लाग्ने संचालक श्रेष्ठले बताए।

पोखरामा परिवारसहित आउने पर्यटकका लागि अपार्टमेन्ट निकै उपयोगी हुने गर्छ । केही समययता पोखरामा पारिवारिक वातावरणमा अपार्टमेन्टमा रहने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेको छ ।

‘लामो समय पोखरा बस्न चाहने पर्यटकलाई अपार्टमेन्ट निकै प्रभावकारी हुनेछ’ संचालक श्रेष्ठले भने ।
एक दिनमात्रै रहने वा छोटो समयका लागि पोखरा रहने पर्यटकले पनि अपार्टमेन्टको सुविधा लिन सक्ने श्रेष्ठ बताउँछन् ।

३० कार्तिक २०७९, बुधबार १५:१५ मा प्रकाशित
Nabintech