Play

जनताले स्वार्थको गठबन्धन सरकार नचाहेको एमाले उम्मेदवारहरुको दावी

गुरुकुल खबर


पोखरा । नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनबहादुर गुरूङले जनताले पाँच तिर फर्किएको स्वार्थको गठबन्धन होइन, एमालेको बलियो नेतृत्व चाहेको स्पष्ट पारेका छन् ।

सोमवार पोखरा ३१ बेगनासका स्थानीयको घरदैलोका क्रममा उनले जनताले स्वार्थको हैन, सिद्धान्तमा चल्ने पार्टी खोजेको बताएका हुन् ।
गुरूङले मंसिर ४ को चुनावपछि एमालेले प्रदेशहरु र संघमा एकल सरकार बनाउने दावी गरे । उनले भने–‘हाम्रा एजेन्डा, जनताको आर्कषण र अहिलेको माहोलले हाम्रो जित भइसकेको छ ।’ गण्डकी प्रदेश सभाका निवर्तमान सांसद समेत रहेका उनले अघिल्लो कार्यकालमा सुरु गरी अधुरा रहेका योजना पूरा गर्ने समेत उल्लेख गरे ।

त्यस्तै क्षेत्र नम्वर १ क का प्रदेश सभाका उम्मेदवार खगराज अधिकारीले कास्की जिल्लाका सबै क्षेत्रमा एमाले उम्मेदवार विजय हुने बताउँदै अब केन्द्र र सबै प्रदेशमा एमालेको सरकार हुने बताए ।

यसैगरी कास्की क्षेत्र नम्बर ३ का एमाले उम्मेद्वारहरुले पोखरा महानगरपालिका १८ को खानेपानी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार घरदैलोमा पुग्दा खानेपानीको समस्या समाधान गरिदिन पोखरा महानगरपालिका १८ का स्थानीयले प्रतिनिधि सभाका एमाले उम्मेदवार दामोदर पौडेल बैरागी र प्रदेश सभा ३ १ का उम्मेदवार गणेशमान गुरुङसँग आग्रह आगह गरेका थिए ।

प्रदेशमा एमालेको सरकार हुँदा समस्या समाधान गर्न लिफ्टिङ खानेपानी सुरु गरेर केही हदसम्म समस्या समाधान भएको र अब दीर्घकालीन समाधान गर्ने प्रतिवद्धता दुवै उम्मेदवारले जनाएका हुन् । पोखरा १८ को अन्य ठाउँको तुलनामा माथिलो क्षेत्र तोरीपानी, गोठादी, पँदेली र तल्लो क्षेत्र भकुण्डेमा खानेपानीको चरम अभाव भएको स्थानीयको गुनासो छ ।

‘सरकाङकोट र यहीँको छिमेकी वडा पोखरा २४ कास्कीकोटमा खानेपानीको समस्या भएको थाहा छ,’ उम्मेद्वार बैरागीले भने, ‘यहाँ एउटा लिफ्टिङको प्रयास पनि सफल हुन सकेन । पछि संघ र प्रदेशमा एमालेको सरकार नहुँदा काम रोकियो । चुनाव जितेपछि यो समस्या समाधान गर्न प्रतिबद्ध छौँ ।’

हर्पन खोलाले कटान गर्ने वस्ती संरक्षणलगायत विषयमा चंखपुरका स्थानीयले उम्मेद्वारलको ध्यानाकर्षण गराएका थिए । खानेपानी समस्या समाधान, सराङकोटमा निर्माणको अन्तिम चरणमा पुगेको शिव मन्दिर निर्माण, सुकुम्बासी व्यवस्थापनलगायत विषयलाई विशेष प्राथमिकता दिने उम्मेदवारद्वय पौडेल र गुरुङको वाचा छ ।

२८ कार्तिक २०७९, सोमबार २०:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा