Play

हेमजाको सुईखेत खोला नियन्त्रण गर्न एमाले उम्मेदवारको जोड

गुरुकुल खबर


पोखरा,  नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर पौडेल बैरागी र ३ (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार गणेशमान गुरुङले पोखरा २५ हेमजामा रहेको सुईँखेत खोलाले वर्षेनी मानव वस्ती र खेतियोग्य जमिनमा असर गरेको भन्दै यसको नियन्त्रण गर्ने बताएका छन् ।

मंसिर ४ गते हुने निर्वाचन केन्द्रित घरदैलो पछि हेमजाको कालिकाचोकमा भएको कोणसभामा उनीहरुले सुईखेत खोलाको नियन्त्रण गर्ने नयाँ भिजन आफूहरुसँग भएको बताउँदै हेमजावासीले आउदो वर्खामा सुईखेत खोलाको असर भोग्न नपर्ने उल्लेख गरे । उम्मेदवारद्धयले हेमजा कृषिको पकेट क्षेत्र मानिने हुदा कृषिको विकासमा पनि जोड दिने बताए ।

कोणसभामा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडल वैरागीले एमाले नेतृत्व सरकारको पालामा छुट्याईएको बजेट आफ्नो पालामा वितरण गरेको भन्दै झुटको खेति गरि जनताका माझ भ्रम फिजाएको बताउँदै झुटको खेति गर्दै मत माग्न आउनेहरुसँग सजग हुन मतदातालाई आगह गरे । उनले भने–‘एमाले नेतृत्वको सरकारमा भएका कामको जस लिदै गठबन्धन सरकारले मतदातालाई भ्रम फैल्याउँदै, मत मागिरहेका छन् । तपाईहरु भ्रममा नपर्नुहोस् ।’

उनले सुखी नेपाली संमृद्ध नेपालको अवधारणालाई आत्मसात गरेको पार्टी नेकपा एमालेका उम्मेदवारलाई  सुर्य चिन्हमा मतदान गरि विजयी गराउन हेमजा बासीहरूलाई अपिल गरे ।

प्रदेश सभा सदस्य पदका उम्मेदवार गणेशमान गुरुङले सुईखेत खोलाको उचित व्यवस्थापन गर्दै खेतियोग्य जमिनमा खेति लगाउने र अन्य जग्गा पर्यटकीय आकर्षणको गन्तव्यस्थल बनाउन पूर्वाधारको विकास गर्ने बताए । उनले कालिका चोक हुदै सेरा कास्कीकोट जाने पुल निर्माण हुदाहुदै रोकिएको भन्ने सुन्नमा आएको हुदा आफुले जितेर आएकै भोलि पल्टबाट उक्त पुलको काम शुरु गराउने बचन दिए ।

आफु खेलि हुर्केको हेमजाको फाँट र खोलासँगको नाता स्मरण गर्दै उनले २५ नम्वर वडाको विकासका लागि आफु डटेर लाग्ने प्रतिबद्धता जनाए ।

उम्मेदवारद्धयले आईतवार हेमजाका याम्दी, तिब्बतियन क्याम, जैसिथर,साझा,मिलनचोक,प्रगतिचोक,म्याग्दी चोक हुदै कालिकाचोकमा घरदैलो गर्दै कोणसभामा सहभागि भएका थिए ।

२८ कार्तिक २०७९, सोमबार २०:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा