Play

राजनीतिक पहिचानले कास्की चिनाउनेछु : कास्की क्षेत्र १ का उम्मेदवार बराल

गुरुकुल खबर


पोखरा । कास्की क्षेत्र १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार किशोरदत्त बरालले प्राकृतिक सुन्दरताको जिल्ला भनेर चिनिने कास्कीलाई अब राजनीतिक रुपमा चिनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं १४ मा घरदैलो तथा मतदाता भेटघाटका क्रममा उम्मेदवार बरालले अब पुराना प्राकृतिक सुन्दरताको पहिचानले मात्र नभई राजनीतिक पहिचानले कास्कीलाई चिनाउनु पर्ने बताएका हुन् । उनले भने ‘कास्कीलाई अहिलेसम्म प्राकृतिक सुन्दरता, तालतलैयाले मात्र चिनिएको छ, अब राजनीतिक पहिचान पनि बनाउनुपर्छ ।’

मतदाता समक्ष उम्मेदवार बरालले  मतदाताले गर्वको अनुभुति गर्ने गरी आफूले संसदमा काम गर्ने प्रतिबद्धता जनाउँदै बलियो संसद निर्माणका लागि आफूले भुमिका निर्वाह गर्ने बताए ।

‘तपाईहरुबाट प्राप्त प्रेम, सद्भाव र विश्वासले मलाई उत्साहित बनाएको छ, तपाईहरुकै माया र विश्वासले विजयी हासिल गर्नेमा म ढुक्क छु’ मतदाता समक्ष बरालले भने । ‘मतदाताले ढुक्क हुनहोस्, विजयी हुनुहुन्छ भन्नुभएको छ, उम्मेद्बार बरालले गुरुकुल खबरसंग भने निकै उत्साहका साथ मतदाता भेटघाटमा छु ।’

साथै उनले राजनीतिमा अनुशासन, मर्याद र शुद्वता आवश्यक रहेको बताएका छन् । बरालले वर्तमान शिक्षा व्यवस्थामा परिवर्तन गरी शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने उल्लेख गर्दै कृषि, पर्यटन, शिक्षा, बेरोजगारीको अन्त्य र आयात प्रतिस्थापनमा जोड दिएका छन् । मतदाता समक्ष बोल्दै उम्मेदवार बरालले गठबन्धनको सरकारले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने बताए ।

कास्की क्षेत्र नं १(ख) का प्रदेश सभा उम्मेद्बार दीपक गुरुङले जनताको दुःख र सुखमा सदैव साथमा रहने प्रतिबद्धता जनाउँदै शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्र आफ्नो पहिलो प्राथमिकताको क्षेत्र भएको बताए ।

२८ कार्तिक २०७९, सोमबार २०:०२ मा प्रकाशित
Nabintech