Play

कास्की क्षेत्र नं १ का युवा निर्वाचनलाई लक्षित गर्दै संगठित

गुरुकुल खबर


पोखरा । मंसिर ४ गते हुने आम निर्वाचनमा केन्द्रित हुदै एमालेका उम्मेदवारहरुलाई जिताउन कास्की क्षेत्र नं १ का युवाहरु संगठित भएका छन् ।

युवा संघ नेपाल कास्की क्षेत्र नं १ ले आईतवार एक भेलाको आयोजना गरी मतदानको परिमाण नआउने बेलासम्म मतदातादेखि मतदान केन्द्रको सुरक्षाका लागि टोली नै बनाएर खटिने गरि पाँच सय ५१ सदस्यीय युवा परिचालन कमिटी गठन गरिएको हो ।
सो अवसरमा बोल्दै कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले युवाहरुले भोग्नु परेका समस्याका बारेमा एमालेले आफनो नीति तथा कार्यक्रममा प्रष्टसाथ राखेकाले देशै भरि युवाहरुको आकर्षण एमालेमा बढेको ठोकुवा गरे । उनले युवाहरुलाई स्वदेशमा नै स्वरोजगार हुने वातावरण सिर्जना गर्ने बताए ।

कास्की क्षेत्र नम्वर १ क का प्रदेश सभा सदस्य उम्मेदवार खगराज अधिकारीले कास्कीमा एमालेलाई हराउन कुनै शक्तिले सपना नदेखे पनि हुन्छ भन्दै दिवा सपना देख्नेहरु गठबन्धनको नाममा बरबराउन लागेको आरोप लगाएका थिए ।
पार्टीगत सिद्धान्त विना नै चुनावी मैदानमा आउनेहरुले देशलाई कसरी कमजोर बनाउने भन्दै उनले सत्ता प्राप्तिका लागि मात्र गठबन्धन गरेको बताए । तर देश विकासका एजेण्डा र एमालेको काम गर्ने शैलीलाई हेरर जनताले विश्वास गरेको उनको भनाई छ ।

सोही अवसरमा कास्की क्षेत्र नम्बर १ खका उम्मेदवार वेद बहादुर गुरूङ श्यामले सत्य र असत्य बिचको लागि यो चुनाव रहेको बताउँदै युवाको चाहना र समय परिवेश अनुरुपको युवा लक्षित कार्यक्रम मार्फत देश विकास गर्न सकिने उनको भनाई छ ।

युवा संघ गण्डकीका अध्यक्ष महेन्द्र गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपमा एमाले जिल्ला कमिटिका सचिव बैन बहादुर क्षेत्री, पोखरा महानगरपालिका नगर कमिटी अध्यक्ष दिलिप न्यौपाने,युवा संघका केन्द्रिय सदस्य सुवास सापकोटा र विकास अधिकारी लगायतले आफ्नो भनाई राखेका थिए ।

२७ कार्तिक २०७९, आईतवार २२:०१ मा प्रकाशित
Nabintech