Play

देशलाई सबैभन्दा माथि राखेर काम गर्छु – बराल

गुरुकुल खबर


पोखरा। कास्की क्षेत्र  १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले देश सबैभन्दा माथि भएको बतउँदै देशलाई सबैभन्दा माथि राखेर देश र जनताको सेवा गर्नका लागि आफ्नो उम्मेद्बारी भएको स्पष्ट पारेका छन् ।

पोखरा महानगर वडा नं २७ मा आईतबार घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा उम्मेदवार बरालले पाँच दलको वर्तमान गठबन्धन देशको आवश्यकता भएको पनि बताए ।

गठबन्धन निर्वाचन जित्नका लागि र कसैलाई सत्तामा पु¥याउनका लागि मात्र नभएको स्पष्ट पार्दै उहाँले देश बचाउन र उपलब्धिको रक्षाका लागि गठबन्धन भएको उल्लेख गर्नुभयो ।
पाँच दलीय गठबन्धनका साझा उम्मेद्बार समेत रहेका बरालले जनतालाई झुटो नबोलि सत्यसत्य कुरा गर्ने बताउँदै मतदातासंग भने ‘जथाभावि बोलेर हिड्दिन, भोलिपनि तपाईहरुसँग भेटिनुपर्छ, गर्न सक्ने र पूरा गर्ने कुरा मात्र गर्छु, मलाई विश्वास गरिदिनुहोस् ।’

उनले विकास निर्माण समाजको आवश्यकता र प्राथमिकताका अधारमा हुने उल्लेख गर्दै प्रत्येक टोलमा धेरै समस्या र विकासको आवश्यकता रहेको स्वीकार्दै उनले भने ‘धेरै आवश्यकता छन् , एकैपटक सबै आवश्यकता पूरा गर्न सकिदैन, तपाईहरुले नै जुन काम पहिले गर्नुपर्छ भन्नुहुन्छ, त्यहि गर्छु ।’

साथै उनले शिक्षा, कृषि र पर्यटनलाई विशेष जोड दिएका छन् । उम्मेद्बार बराल सोमबार पोखरा १४ मा मतदाता भेटघाट र घरदैलो गर्ने कार्यक्रम रहेको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।

२७ कार्तिक २०७९, आईतवार २१:१४ मा प्रकाशित
Nabintech