Play

पार्कसहितका आकर्षक पोखरी निर्माण गर्न स्थानियको आग्रह

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नं २१ र ३३ मा अत्याधुनिक मनोरञ्जन पार्क सहितका आकर्षक स्मार्ट तीन पोखरी निर्माण गर्न स्थानियले आफ्नो क्षेत्रका एमाले उम्मेदवारहरुलाई आग्रह गरेका छ्न् ।

निर्वाचन अभियानका क्रममा सो क्षेत्रका मतदाता भेटघाटमा नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र नम्वर २, १ का प्रत्यासी उम्मेदवार भिम बहादुर कार्कीलाई स्थानियहरूले यस्तो आग्रह गरेका हुन् । साविकको भरतपोखरी, निर्मल पोखरी, भोटेपोखरी र कृष्तीका स्थानीयहरूले अत्याधुनिक आइटी सुविधा र मनोरञ्जन पार्क सहितका आकर्षक स्मार्ट तीन पोखरी निर्माण गर्ने योजना बनाउन आग्रह गरे ।

पोखरीहरूको भेगको रूपमा परिचित समेत रहेको उक्त स्थानका प्राचीन पोखरीहरूको संरक्षण सहित नयाँ तीन पोखरी निर्माण गर्नुपर्ने स्थानियको माग छ । यसो गर्न सके प्राचीन परिचयको सम्वद्र्धन सहित आफ्नै मौलिक पहिचान सहितको पर्यटकीय गन्तव्य निर्माणको योजना साकार हुने उनीहरूको भनाई छ ।

कार्कीले अव प्राचीन पहिचान सहित सो क्षेत्र तीन पोखरीको भेगको रूपमा परिचित गराउन योजना थप्ने भन्दै आफु स्थानियको सुझाव अनुसार नै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

गण्डकी प्रदेशका तीन जिल्ला कास्की,स्याङ्जा र तनहुँको संगमस्थलको रूपमा रहेका महानगरका दुई वडा पोखरा २१ र ३३ लाई महत्वपूर्ण पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने गरी कामका योजना अगाडी बढाउने भन्दै पर्यटकहरूको क्षेत्रमा मनोरञ्जन पार्क सहितका पोखरी निर्माण गर्न पहल गर्ने कार्कीको बताए ।

२७ कार्तिक २०७९, आईतवार १८:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा