Play

मेरो पहिलो प्राथमिकता जनसेवा : बराल

गुरुकुल खबर


पोखरा । कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोरदत्त बरालले मतदाताको मतको कदर गर्दै आफु सधै जनसेवामा खटिरहने बताएका छन् ।

नेपाली कांग्रेस कास्कीका सभापति एवं ५ दलिय गठबन्धनका साझा उमेदवार समेत रहेका बरालले पोखरा महानगर वडा नं १० मा घरदैलो र मतदातासँग भेटघाट गर्ने क्रममा जनमतको उच्च कदर गर्दै आफु सधै सेवामा खटिरहने बताएका हुन् ।

बरालले आफ्नो चुनावी एजेण्डा शिक्षा, स्वास्थ्य, रोजगारी रहेको बताउँदै पोखरा महानगरको वडा नं १० मा रहेको अव्यवस्थित बस्तीलाई व्यवस्थित गराउन तथा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउन प्रयास गर्ने समेत प्रतिवद्धता जनाए ।

सोही घरदैलो कार्यक्रममा मतदातासंग भेट्दै क्षेत्र नं १ प्रदेशसभा ख का उम्मेदवार दिपक गुरुङले आफु विकासको लागि र पोखराको सम्बृद्धिको लागि निर्वाचनमा आएको बताउँदै स्वदेशमै युवा शक्तिको लगानी गरी हरेकलाई स्वरोजगारको वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए ।

नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशका समानुपातिक उम्मेदवार सरस्वती गुरुङले मतदाता समक्ष समान सहभागिता र समान अवसरकालागि आफ्नो उम्मेदवारी भएको बताउँदै महिलालाई आर्थिक रुपमा सवल र सक्षम बनाउनु नै आफ्नो चुनावी एजेण्डा भएको बताईन् ।

नेपाली काँग्रेस पोखरा महानगर वडा नं १० का कार्यवाहक अध्यक्ष दिपकबहादुर थापाले पाँच दलीय गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराएमा विकास निर्माणका कार्य गर्न सजिलो हुने भन्दै गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन आग्रह गरे ।

नेपाली काँग्रेस वडा ईकाई सचिव उदिम गुरुङल गठबन्धन अहिलेको राजनीतिक माग भएकोले संविधान रक्षार्थ गठबन्धनलाई मत दिन मतदातासंग अनुरोध गरेका थिए ।

२६ कार्तिक २०७९, शनिबार ०७:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा