Play

संसद हुँदा काठमाण्डौ र अघिपछि जनताको घरदैलोमा भेटिने छु : बराल

गुरुकुल खबर


पोखरा,  पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार श्रीनाथ बरालले कास्की जिल्लाको समग्र विकासको योजना निर्माण गर्न विगतमा आफूहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
पोखरा – ३३ भरत पोखरी डाँडा गाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार बरालले भने,  “हामीले विगतमा समग्र कास्की जिल्लाको विकासको योजना निर्माण, ग्रामीण पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगार, यातायात गुरुयोजना, कृषि पर्यटन र निर्मल पोखरी–भरत पोखरी खानेपानी योजनाको सुरुवात लगायत महत्त्वपूर्ण योजनाहरू हाम्रै सक्रियतामा थालनी गरिएका हुन् ।” आफूहरू यस क्षेत्रको थप विकासका लागि प्रतिबद्ध रहेको उनले बताए ।
पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बरालले कास्की २ मा विद्यमान तमाम समस्याहरू समाधानका लागि आफू स्पष्ट योजना सहित आएको बताए । “यस क्षेत्रमा खानेपानीको समस्या अझै विकराल छ, त्यसैगरि हामीले गरिबी न्यूनीकरणमा उल्लेख्य प्रगति हासिल गर्न चाहन्छौ, किसानहरूलाई धनी बनाउँदै कृषिमा आधुनिकीकरण गर्ने हाम्रो लक्ष्य छ, यस क्षेत्रका बाटाघाटाहरुलाई व्यवस्थित गर्ने र महिला तथा युवाहरूलाई आत्मनिर्भर बनाउन उद्यमशीलता विकास र सुकुम्बासीहरुलाई भूमिको मालिक बनाउन हामी योजना सहित अगाडी बढिरहेका छौँ ।”
आफु हमेसा जनताको बिचमा रहेर काम गर्ने जनप्रतिनिधि बन्न चाहेको उनले बताए । “निर्वाचित जनप्रतिनिधि हुँदा र नहुँदामा मेरो व्यवहारमा कुनै फरक हुने छैन्, म काठमाण्डौ बसेर चुनावका मुखमा मात्र देखिने जनप्रतिनिधि बन्न चाहन्न, उनले भने, म मिटिङ हुँदा काठमाण्डौ भेटिने र अघिपछि तपाँईहरु कै गाउँ टोलमा देखिने प्रतिनिधि बन्न चाहन्छु, म राम्रोसँग काम गर्नेछु, यहाँको सेवक भएर काम गर्नेछु, यहाँको वारेस भएर काम गर्नेछु । म यहाँहरूको मतको सम्मान गर्नेछ र त्यसलाई खेर जान दिनेछैन ।” उनले फरक राजनीतिक आस्थाको समेत आफूले सम्मान गर्ने उनले बताए ।
विकासका सवालमा समयको गति र स्थानीय आवश्यकतालाई पछ्याउने उम्मेदवार बरालले बताए । “समयको गतिलाई हामी बुझ्छौँ, समय परिवर्तनशील छ । हामी युवाहरूको चाहानालाई नजिकबाट बुझेका छौँ, महलिाहरुको चाहाना के छन् भन्नेमा पनि हामी जानकार छौँ, बरालले भने विकासमा विलम्ब गरिने छैन र ग्रामीण पूर्वाधार निर्माणमा जोड दिइनेछ ।” यस क्षेत्रका बाटा घाटा र नालाहरूलाई व्यवस्थित गर्ने, सडकहरूको स्तरोन्नति गर्ने, कृषि आधुनिकीकरण सहित मल, बिउ र प्रविधिको सहज उपलब्धता, पशुपालनलाई व्यवस्थित गर्ने, कृषि पर्यटनको विकास गर्ने, सहर पसेकाहरूलाई गाउँ फर्कने वातावरण निर्माण गर्ने, प्रसूति र बाल अस्पताल निर्माण स्पष्ट योजनाहरू आफूहरूसँग रहेको उम्मेदवार बरालले बताए ।
उनले नागरिकलाई गुणस्तरीय स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गरिने समेत बताए । विकासको नयाँ मोडेल लागु गर्दै उदाहरणीय कार्य गर्ने उनले प्रतिबद्धता पनि जाहेर गरे । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका बराल पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन् ।

हामीले गरिबी न्यूनीकरणमा उल्लेख्य प्रगति हासिल गर्न चाहन्छौ, किसानहरूलाई धनी बनाउँदै कृषिमा आधुनिकीकरण गर्ने हाम्रो लक्ष्य छ, यस क्षेत्रका बाटाघाटाहरुलाई व्यवस्थित गर्ने र महिला तथा युवाहरूलाई आत्मनिर्भर बनाउन उद्यमशीलता विकास र सुकुम्बासीहरुलाई भूमिको मालिक बनाउन हामी योजना सहित अगाडी बढिरहेका छौँ ।”

आफुस हमेसा जनताको बिचमा रहेर काम गर्ने जनप्रतिनिधि बन्न चाहेको उनले बताए । “निर्वाचित जनप्रतिनिधि हुँदा र नहुँदामा मेरो व्यवहारमा कुनै फरक हुने छैन, म काठमाण्डौ बसेर चुनावका मुखमा मात्र देखिने जनप्रतिनिधि बन्न चाहन्न, उनले भने, म मिटिङ हुँदा काठमाण्डौ भेटिने र अघिपछि तपाँईहरु कै गाउँ टोलमा देखिने प्रतिनिधि बन्न चाहन्छु, म राम्रोसँग काम गर्नेछु, यहाँको सेवक भएर काम गर्नेछु, यहाँको वारेस भएर काम गर्नेछु । म यहाँहरूको मतको सम्मान गर्नेछ र त्यसलाई खेर जान दिनेछैन ।” उनले फरक राजनीतिक आस्थाको समेत आफूले सम्मान गर्ने उनले बताए ।
विकासका सवालमा समयको गति र स्थानीय आवश्यकतालाई पछ्याउने उम्मेदवार बरालले बताए । “समयको गतिलाई हामी बुझ्छौँ, समय परिवर्तनशील छ । हामी युवाहरूको चाहानालाई नजिकबाट बुझेका छौँ, महलिाहरुको चाहाना के छन् भन्नेमा पनि हामी जानकार छौँ, बरालले भने विकासमा विलम्ब गरिने छैन र ग्रामीण पूर्वाधार निर्माणमा जोड दिइनेछ ।” यस क्षेत्रका बाटा घाटा र नालाहरूलाई व्यवस्थित गर्ने, सडकहरूको स्तरोन्नति गर्ने, कृषि आधुनिकीकरण सहित मल, बिउ र प्रविधिको सहज उपलब्धता, पशुपालनलाई व्यवस्थित गर्ने, कृषि पर्यटनको विकास गर्ने, सहर पसेकाहरूलाई गाउँ फर्कने वातावरण निर्माण गर्ने, प्रसूति र बाल अस्पताल निर्माण स्पष्ट योजनाहरू आफूहरूसँग रहेको उम्मेदवार बरालले बताए ।
उनले नागरिकलाई गुणस्तरीय स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गरिने समेत बताए । विकासको नयाँ मोडेल लागु गर्दै उदाहरणीय कार्य गर्ने उनले प्रतिबद्धता पनि जाहेर गरे । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका बराल पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन् ।

१९ कार्तिक २०७९, शनिबार ०७:५८ मा प्रकाशित
Nabintech